ताजा अपडेट

लक्ष्मणघाट पूर्णिमा मेला उद्धघाटन

१७औँ कपिलवस्तु महोत्सवलाई भव्य बनाउन क्लबहरू एकजुट, व्यवस्थापनदेखि सुरक्षासम्मका विषयमा महत्वपूर्ण निर्णय

महोत्सवलाई भव्य बनाउन शिक्षा क्षेत्रसँग आयोजकको छलफल 

भोलीबाट चार दिनसम्म विविध कार्यक्रम हुने ,धार्मिक आस्था र सांस्कृतिक उत्सवको संगम बन्दै लक्ष्मणघाट पूर्णिमा मेला,

कपिलवस्तु महोत्सवको डान्स आइडल सुरु

उद्योग व्यापार संघ कपिलवस्तुको पाँचौँ साधारण सभा सम्पन्न

संघीयताको संकट: सात प्रदेशमा ४६ मुख्यमन्त्री, रोकिएन सत्ता फेरबदलको चक्र !

कपिलवस्तुको पहिचान राष्ट्रिय स्तरमा चिनाउने लक्ष्यसहित १७औँ महोत्सवको तयारी

धार्मिक आस्था र सांस्कृतिक मनोरञ्जनको महासंगम बन्दै लक्ष्मणघाट पूर्णिमा मेला

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

लक्ष्मणघाट पूर्णिमा मेला उद्धघाटन

लुम्बिनी दर्पण २०८३ मंसिर ७, सोमबार १८:१६

लुदस, बाणगंगा

कपिलवस्तुको बाणगंगा नगरपालिका–६ स्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको लक्ष्मणघाटमा पूर्णिमा मेला सुरु भएको छ। पूर्णिमा मेलाको पूर्वसन्ध्यामा आइतबारदेखि औपचारिक रूपमा मेला सुरु भएको हो। मंसिर ७ देखि १० गतेसम्म चार दिन सञ्चालन हुने मेलाको उद्घाटन बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणि अर्यालले गरेका हुन्।

मेलाको उद्घाटन गर्दै नगरप्रमुख अर्यालले स्थानीय मेला तथा महोत्सवले परम्परा, संस्कृति र धार्मिक आस्थाको संरक्षण गर्नुका साथै स्थानीय कृषि उत्पादनको बिक्री तथा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने बताए। स्थानीयस्तरमा उत्पादन भएका वस्तुहरूको बजारीकरण, व्यापार व्यवसायको विकास र पर्यटन प्रवर्द्धनका लागि यस्ता मेलाहरू महत्वपूर्ण माध्यम बन्ने उनको भनाइ थियो। उनले लक्ष्मणघाट पूर्णिमा मेलाको ऐतिहासिक तथा धार्मिक महत्वलाई कायम राख्दै यसको विकास र निरन्तरताका लागि सबै पक्षको सहकार्य आवश्यक रहेकोमा जोड दिए।

कार्यक्रमका विशिष्ट अतिथि बाणगंगा नगरपालिका वडा नं. ६ का अध्यक्ष करुण टण्डन र वडा नं. ७ का अध्यक्ष विष्णु गिरीले पछिल्लो समय लक्ष्मणघाट पूर्णिमा मेला आफ्नो परम्परागत धार्मिक स्वरूपसँगै आधुनिक मनोरञ्जन र व्यापारिक गतिविधिसहित रूपान्तरण हुँदै गएको बताए। मेलालाई व्यवस्थित, आकर्षक र सबै समुदायको साझा उत्सवका रूपमा विकास गर्न स्थानीयवासी तथा सरोकारवाला एकजुट भएर लागेकोमा उनीहरूले धन्यवाद व्यक्त गरे।

त्यसैगरी मेलाका मुख्य प्रायोजक गाय छाप सर्फका तर्फबाट खिमानन्द पौडेलले मेलाको सफलताको शुभकामना व्यक्त गर्दै यस्ता धार्मिक तथा सांस्कृतिक कार्यक्रमले स्थानीय पहिचान र सामाजिक एकतालाई बलियो बनाउने बताए।

मेलाको पहिलो दिनदेखि नै सांगीतिक कार्यक्रम सुरु भएको छ। उद्घाटनकै दिन चर्चित लोकदोहोरी गायिका ज्योति मगरको प्रस्तुतिले मेलामा सहभागी दर्शक तथा श्रोताहरूलाई मनोरञ्जन प्रदान गरेको छ। उनको प्रस्तुति हेर्न ठूलो संख्यामा दर्शकको उपस्थिति रहेको थियो। चार दिनसम्म सञ्चालन हुने मेलामा गायक हेमन्त शर्मा, गायिका फूलकुमारी, पुर्खे बा लगायतका कलाकारहरूको सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ। धार्मिक कार्यक्रमसँगै सांस्कृतिक प्रस्तुति, मनोरञ्जनात्मक गतिविधि तथा व्यापारिक प्रदर्शनीले मेलालाई थप आकर्षक बनाउने अपेक्षा गरिएको छ।

लक्ष्मणघाट बोलबमधाम विकास समितिको आयोजना तथा लक्ष्मणघाट सामाजिक विकास केन्द्रको सहआयोजनामा सञ्चालन भइरहेको मेलालाई यस वर्ष थप आकर्षक कार्यक्रमसहित धार्मिक आस्था, स्थानीय संस्कृति, मनोरञ्जन र व्यापार प्रवर्द्धनको साझा उत्सवका रूपमा विकास गर्ने तयारी गरिएको छ।

सयौँ वर्ष पुरानो इतिहास र धार्मिक विश्वाससँग जोडिएको लक्ष्मणघाट पूर्णिमा मेला कपिलवस्तुको महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पहिचानका रूपमा स्थापित छ। यस मेलामा कपिलवस्तुसहित अर्घाखाँची, प्युठान, रुपन्देही तथा छिमेकी मुलुक भारतबाट समेत श्रद्धालु भक्तजन आउने गरेका छन्। बाणगंगा नदीसँग जोडिएको यस क्षेत्रको धार्मिक महत्वका कारण पूर्णिमाको अवसरमा लाग्ने मेलाले स्थानीयवासीका साथै छिमेकी जिल्लाका श्रद्धालुहरूलाई समेत आकर्षित गर्दै आएको छ।

विशेषगरी थारु समुदायको मौलिक धार्मिक तथा सांस्कृतिक परम्परासँग जोडिएको यो मेला पछिल्लो समय सबै जातजाति र समुदायको साझा पर्वका रूपमा विकसित हुँदै गएको छ। धार्मिक आस्था, सामाजिक सद्भाव र सांस्कृतिक एकताको प्रतीकका रूपमा मेलाको महत्व बढ्दै गएको स्थानीयको भनाइ छ।

पूर्णिमाका दिन बाणगंगा नदीमा स्नान गर्ने, गौपूजा गर्ने, दानदक्षिणा दिने, धार्मिक कथा श्रवण गर्ने तथा मुण्डन गर्ने परम्परा रहँदै आएको छ। पूर्णिमाको दिन बिहानैदेखि नदीमा स्नान गर्न र पूजाआजा गर्न श्रद्धालुहरूको घुइँचो लाग्ने गर्दछ। धार्मिक विधिअनुसार पूजाआजा तथा दानपुण्य गर्दा मनोकामना पूरा हुने धार्मिक विश्वाससमेत रहँदै आएको छ।

लक्ष्मणघाट क्षेत्रको धार्मिक, ऐतिहासिक तथा पर्यटकीय सम्भावनालाई उजागर गर्दै स्थानीय व्यापार, कृषि उत्पादन र सांस्कृतिक गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना हुँदै आएको यस मेलाले यस वर्ष पनि ठूलो संख्यामा भक्तजन तथा दर्शक आकर्षित गर्ने अपेक्षा गरिएको छ। धार्मिक आस्था र आधुनिक मनोरञ्जनलाई एकै ठाउँमा जोड्दै लक्ष्मणघाट पूर्णिमा मेलाले स्थानीय पहिचान र पर्यटन प्रवर्द्धनमा थप योगदान पुर्‍याउने विश्वास आयोजकले लिएको छ।


प्रकाशित : २०८३ मंसिर ७, सोमबार १८:१६

लुम्बिनी दर्पण

लेखकबाट थप

  • भोलीबाट चार दिनसम्म विविध कार्यक्रम हुने ,धार्मिक आस्था र सांस्कृतिक उत्सवको संगम बन्दै लक्ष्मणघाट पूर्णिमा मेला,
  • उद्योग व्यापार संघ कपिलवस्तुको पाँचौँ साधारण सभा सम्पन्न
  • संघीयताको संकट: सात प्रदेशमा ४६ मुख्यमन्त्री, रोकिएन सत्ता फेरबदलको चक्र !
  • कपिलवस्तुको पहिचान राष्ट्रिय स्तरमा चिनाउने लक्ष्यसहित १७औँ महोत्सवको तयारी
  • बनगाईमा ११औँ बनगाई कला तथा सांस्कृतिक कार्यक्रम हुँदै, स्थानीयदेखि राष्ट्रिय कलाकारको प्रस्तुति रहने
प्रतिक्रिया

यो पनि पढौँ

१७औँ कपिलवस्तु महोत्सवलाई भव्य बनाउन क्लबहरू एकजुट, व्यवस्थापनदेखि सुरक्षासम्मका विषयमा महत्वपूर्ण निर्णय

महोत्सवलाई भव्य बनाउन शिक्षा क्षेत्रसँग आयोजकको छलफल 

भोलीबाट चार दिनसम्म विविध कार्यक्रम हुने ,धार्मिक आस्था र सांस्कृतिक उत्सवको संगम बन्दै लक्ष्मणघाट पूर्णिमा मेला,

कपिलवस्तु महोत्सवको डान्स आइडल सुरु

उद्योग व्यापार संघ कपिलवस्तुको पाँचौँ साधारण सभा सम्पन्न

संघीयताको संकट: सात प्रदेशमा ४६ मुख्यमन्त्री, रोकिएन सत्ता फेरबदलको चक्र !

कपिलवस्तुको पहिचान राष्ट्रिय स्तरमा चिनाउने लक्ष्यसहित १७औँ महोत्सवको तयारी

कुष्ठ प्रभावित तथा अपाङ्गता कृषि सहकारीको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

कपिलवस्तुमा ‘प्राचीन कपिलवस्तु म्युजिक कन्सर्ट २०८३’ आयोजना हुँदै

बनगाईमा ११औँ बनगाई कला तथा सांस्कृतिक कार्यक्रम हुँदै, स्थानीयदेखि राष्ट्रिय कलाकारको प्रस्तुति रहने

चीन भ्रमणमा जान लागेको रास्वपा सांसदको टोलीसँग प्रधानमन्त्री शाहले गरे छलफल

छठ पर्व सुरु, आज पहिलो दिन ‘नहाय–खाय’ गरिँदै

भर्खरै

  • लक्ष्मणघाट पूर्णिमा मेला उद्धघाटन

  • १७औँ कपिलवस्तु महोत्सवलाई भव्य बनाउन क्लबहरू एकजुट, व्यवस्थापनदेखि सुरक्षासम्मका विषयमा महत्वपूर्ण निर्णय

  • महोत्सवलाई भव्य बनाउन शिक्षा क्षेत्रसँग आयोजकको छलफल 

  • भोलीबाट चार दिनसम्म विविध कार्यक्रम हुने ,धार्मिक आस्था र सांस्कृतिक उत्सवको संगम बन्दै लक्ष्मणघाट पूर्णिमा मेला,

  • कपिलवस्तु महोत्सवको डान्स आइडल सुरु

  • उद्योग व्यापार संघ कपिलवस्तुको पाँचौँ साधारण सभा सम्पन्न

  • संघीयताको संकट: सात प्रदेशमा ४६ मुख्यमन्त्री, रोकिएन सत्ता फेरबदलको चक्र !

  • कपिलवस्तुको पहिचान राष्ट्रिय स्तरमा चिनाउने लक्ष्यसहित १७औँ महोत्सवको तयारी

  • धार्मिक आस्था र सांस्कृतिक मनोरञ्जनको महासंगम बन्दै लक्ष्मणघाट पूर्णिमा मेला

  • कुष्ठ प्रभावित तथा अपाङ्गता कृषि सहकारीको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech