ताजा अपडेट

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

२९ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस: एक दिने कानुनी अभिमुखीकरण कार्यक्रम सम्पन्न

लुम्बिनी दर्पण २०७७ मंसिर १९, शुक्रबार ०१:४१
[sharethis-inline-buttons]

पार्बती आचार्य कपिलबस्तु, मंसिर १८

२९ औ अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा अपाङ्गता भएका व्यक्तिको हक अधिकार सम्बन्धी १ दिने कानुनी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । सामाजिक विकास मन्त्रालय सामाजिक बिकास डिभिजन कार्यालय गजेहडा कपिलबस्तुको सहयोग तथा अपाङ्ग उत्थान समाज कपिलबस्तुको समन्वय र बाणगंगा नगरपालिकाको आयोजनामा कार्यक्रम अपाङ्ग उत्थानको सभाहलमा सम्पन्न भएको हो ।

कार्यक्रममा नगरपालिकाका उपप्रमुख चक्रपाणी अर्यालले अपाङ्गता भएका व्यक्तिको गुनासो लाई नगरले सम्बोधन गर्दै अगाडी बढ्ने बताएका छन् । अपाङ्गता भएका ब्यक्तीकोमाग अनुसार अपाङ्गता परिचपत्र वितरण गर्दै आईरहेको बताउदै सहायक सामाग्री नभएका अपाङ्गता व्यक्तिहरुलाई वडा तथा नगरमा सम्पर्क गर्न समेत आग्रह गरे । उनले अपाङ्गता बालबालिकाहरुलाई माध्यमिक तहसम्मको शिक्षाबाट कोहि पनि बन्चित हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।

यसैगरि सामाजिक विकास डिभिजन कार्यालय गजेहडाका प्रमुख नरेन्द्र बेल्बासेले अपाङ्गता भएका ब्यक्तीहरुको हक अधिकारका लागि सबै मिलेर उनिहरुको आत्म मनोबललाई बृद्धि गर्नुका साथै भाबनालाई बुझेर सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्न आबश्यक भएको बताए ।

यस्तै नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र बहादुर डाँगीले व्यक्तिहरुमा क्षमता अनुसार अपाङ्गता र सपाङ्गताको भिन्नता छुट्याउन सकिने बताए । उनले कार्यक्रमले उपलब्धी हासिल गर्न फरक क्षमता भएकाहरुको समस्या बुझ्न सकेमा मात्र सफलता प्राप्त गर्न सक्ने बताए ।

वडा नं. १ का वडा अध्यक्ष एबं महिला तथा बालबालिका संयोजक बालकुमारी पन्त अधिकारीले वडा न. १ मा अपाङ्गता अर्थात फरक क्षमता भएका ब्यक्तीहरुलाइ सहज होस भन्ने उद्देश्यले अपाङ्गमैत्री सडक निर्माण गरिएको बताइन् । उनले वडाबाट हुने सहयोगमा सदैब सकारात्मक रहेको प्रतिबद्धता ब्यक्त गरिन् ।

कार्यक्रममा नागरिक समाज कपिलबस्तुका अध्यक्ष डोलक बहादुर पछाइ, महिला अधिकारकर्मी इन्दिरा भट्टराई , संचारिका समूहका लुम्बिनी प्रदेश संयोजक पार्बती पाण्डे , ईन्सेक कपिलबस्तु प्रतिनिधि पार्बती आचार्य लगाएतले अपाङ्गता भएका ब्यक्तीहरुले आफ्नो हकअधिकार खोज्नकालागि आफूहरु सचेत हुनुपर्ने बताएका छन् । १६ दिने अभियानमा एकदिन मात्र दिबस मनाएर हिंसालाई न्यूनिकरण गर्न सकिदैन अभियानलाई निरन्तरता दिनसके हिंसालाई न्यूनिकरण गर्न सकिने बक्ताहरुले बताएका छन् ।

यसैगरि टिका पोखरेलले अपाङ्गता भएका ब्यक्तीहरुलाई सबैले सहयोग गर्नुपर्ने बताईन् । अपांगलाई पर्दै आएका समस्या समाधानमा स्थानीय तह लाग्नुपर्ने बताइन् । उनले समयमै विभिन्न सामग्रीहरु उपलब्ध गर्न नसक्दा समस्या भएको समेत स्पष्ट पारिन ।

अपाङ्ग उत्थान समाजका संस्थापक सचिव देवि बहादुर पोखरेलले अपाङ्गता भएका ब्यक्तिहरुको हक, अधिकार तथा कानुन सम्बन्धी सम्बन्धि र महिला तथा बालबालिका शाखा प्रमुख शुसिला पन्तले लिङ्ग लैंगिकता र लैंगिक हिंसा , अपाङ्गता परिचयपत्र प्रणाली लगाएतको बिषयमा सहजीकरण गरेका थिए । कार्यक्रममा अपांगता भएका व्यक्तिहरुका लागि १० जनालाई सेतो छडी र ५ जनालाई बैशाखी बितरण गरिएको थियो । फरक क्षमता भएका व्यक्तिहरुको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा नगरपालिकाका प्रमुख , वडा नं ४ का वडा सदस्य , शिक्षा शखा प्रमुख , कर्मचारी, संचारकर्मी लगायतको सहभागीता रहेको थियो ।

सो कार्यक्रमको अपाङ्गता भएका ब्यक्तीको हकहित संरक्षण समन्वय समितीका संयोजक नगर उपप्रमुख चक्रपाणी अर्यालको अध्यक्षता , अपाङ्ग उत्थान समाज कपिलबस्तुका अध्यक्ष कमल ढुंगानाको स्वागत तथा सहायक महिला बिकास निरिक्षक हरिना गाहाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


प्रकाशित : २०७७ मंसिर १९, शुक्रबार ०१:४१

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

धान उत्पादन बढाउन र कृषि आत्मनिर्भरताका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य

रोल्पामा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु

लुम्बिनीमा एमालेका चार मन्त्रीले दिए राजीनामा

मुख्यमन्त्री आचार्य र बेलायती मन्त्री मल्होत्राबीच भेटवार्ता

लुम्बिनी प्रदेश सभा बैठक बस्दै, बजेटका सिद्धान्त र प्राथमिकता पेश हुने

बाणगंगा वेलफेयरको सामाजिक अभियानमा सक्रिय भूमिका निभाएका पौडेल सम्मानित

भर्खरै

  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

  • प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

  • कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

  • लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech