ताजा अपडेट

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

१ सय ११ औं अन्तराष्ट्रिय नारी दिवसको पुर्व सन्ध्यामा कपिलवस्तुमा अन्तरक्रिया

लुम्बिनी दर्पण २०७७ फाल्गुन २३, आईतवार १२:०८
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलबस्तु

१ सय ११ औँ अन्तराष्ट्रिय नारी दिवसको पुर्व सन्ध्यामा कपिलवस्तुमा अन्तरक्रिया गरिएको छ । जिल्लाको सदरमुकाम तौलिहवामा महिलाको सुरक्षा, सम्मान र रोजगारः संमृद्ध नेपालको आधार भन्ने मुल नाराका साथ अन्तरक्रिया कार्यक्रम गरिएको हो । कपिलवस्तु नगरपालिकको सभाहलमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति कपिलवस्तुको आयोजना, जिल्लाका १० वटै स्थानीय तहको सह आयोजना तथा ईन्सेक कपिलवस्तु लगायत विभिन्न डेढ दर्जन बढी संघ संस्थाहरुको समन्वय रहेको थियो ।

अन्तरक्रिया कार्यत्रक्रममा १० स्थानियतहबाट निती तथा कार्यक्रमहरु प्रस्तुत गर्नकालागि जानकारी गराएको भएता पनि ६ वटा पालिकाहहरुको मात्र कार्यक्रममा सहभागिता रहेको थियो । जस मध्ये कपिलबस्तु नगरपालिका, बाणगंगा, मायादेबी गाउँपालिका, शुद्धोधन गाउँपालिका, कृष्णनगर नगरपालिका र महाराजगंज नगरपालिकाले मात्र स्थानीय तहबाट महिलाहरुको सुरक्षा, सम्मान र रोजगारकालागि पालिकाहरुले गरेका नितीगत र बजेटको अवस्थाबारे जानकारी गराईएको थियो ।

यस्तै समग्र जिल्लाको अवस्थाको बारेमा गैसस महासंघका प्रतिनिधि शुसिला बेल्बासेले प्रस्तुत गरेकी थिईन् । नारी दिवस कसरी मनाउने भन्ने बिषयमा तयारी गरेको छ भन्ने बारे जानकारी गराईएको थियो । त्यस्तै महिला तथा वालवालिका शाखाका कर्मचारीले शाखाले गरेका बार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश संसाद रीना नेपालले नारी दिवसमा मात्रै महिला अधिकारको कुरा नगरि बर्षभरी गर्नुपर्नेमा जोड दिईन् । सबै स्थानीय तहले आ आफ्नो तथ्यांक प्रस्तुत गर्नु संघीयता कार्यान्वयनको सफल पक्ष रहेको बताईन् । उनले महिलाहरुलाई सीप मुलक तथा आयआर्जनका लागि विभिन्न तालिमहरु दिए पनि अझै पनि उनीहरुलाई आत्मनिर्भर बनाउन नसकेको भन्दै नतिजामुखी तालिम हुनुपर्नेमा जोड दिईन् । नेपालले स्थानीय तहको निति तथा कार्र्यक्रम निर्माण गर्दा अब समावेशी खालको बजेट विनियोजन गर्न आवश्यक रहेको बताईन् । उनले समावेशीका आधारमा महिलाहरु पहिलेको तुलनामा नेतृत्वमा आए पनि निर्णायककताको रुपमा अझै अगाडि आउन नसकेकोले त्यस तर्फ ध्यान दिन आवश्यक रहेको बताईन् ।

विशिष्ट अतिथि जिल्ला समन्वय समितिका प्रमुख नारायण खनाल, कपिलबस्तु नगरपालिकाका सामाजिक सल्लाहकार सुरेन्द्रराज लम्साल, युएनएफपीएका जिल्ला संयोजक चित्र महतो, मानव अधिकार निगरानी समूहकी जिल्ला संयोजक पुष्पा रेग्मी लगायतले मन्तब्य राख्दै महिलाहरु राजनितिक, सामाजिक र आर्थिक पक्षमा सवल हुनुपर्नेमा जोड दिएका थिए ।

समन्वय समितिका उप प्रमुख तारावती चौधरीको अध्यक्षता, ६ स्थानीय तहका उप प्रमुख, महिला तथा वालवालिका शाखा प्रतिनिधी, सञ्चारकर्मीहरुको उपस्तिथी रहेको कार्यक्रम समन्वय समितिका नासु कमला पौडेलको स्वागत मन्तब्य तथा मुख्य मन्त्री ग्रामिण विकास कार्यक्रमका सहजकर्ता रुकैया खातुनको सञ्चालनमा सम्पन्न भएको थियो ।


प्रकाशित : २०७७ फाल्गुन २३, आईतवार १२:०८

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

धान उत्पादन बढाउन र कृषि आत्मनिर्भरताका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य

रोल्पामा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु

लुम्बिनीमा एमालेका चार मन्त्रीले दिए राजीनामा

मुख्यमन्त्री आचार्य र बेलायती मन्त्री मल्होत्राबीच भेटवार्ता

लुम्बिनी प्रदेश सभा बैठक बस्दै, बजेटका सिद्धान्त र प्राथमिकता पेश हुने

बाणगंगा वेलफेयरको सामाजिक अभियानमा सक्रिय भूमिका निभाएका पौडेल सम्मानित

भर्खरै

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

  • प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

  • कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

  • लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु

  • लक्ष्मणघाट बोलबमधाममा श्रावणी मेला, भक्तजनको घुइँचो


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech