लुदअ चैत ५, काठमाण्डौ
नेकपा एमालेको संसदीय दलको बैठक सम्पन्न भएको छ ।
बैठकले विधान संशोधनको लागि कमिटी गठन गरेको छ । पार्टीको विधानमा केही विषय संशोधन गर्नुपर्ने भएकाले तीन सदस्यीय समिति गठन गरिएको सांसद शान्ता चौधरीले जानकारी दिनुभयो ।
कमिटीमा मुख्य सचेतक विशाल भट्टराई, सांसद शेरबहादुर तामाङ र विमला राई रहनुभएको छ । यस्तै बैठकले संसदीय दलको बोर्ड गठन गर्ने पनि निर्णय गरेको छ । २३ सदस्यीय बोर्डमा माधवकुमार नेपाल र झलनाथ खनालको नाम पनि राखिएको सांसद चौधरीले बताउनुभयो ।
आजको बैठकमा माधव(झलनाथ समूहका केही सांसद अनुपस्थित रहेका थिए । आज अनुपस्थित हुने सांसदलाई सचेत गराइएको र आउँदा बैठकमा सहभागी नभएमा कारबाहीको प्रक्रिया अघि बढाइने पनि एक सांसदले जानकारी दिएका छन् ।



















