काठमाडौं, २०७७ चैत्र १३
नेपालमा आज १५६ जनामा कोरोना भाइरसको संक्रमण पु्ष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ४१६ जनामा परिक्षचण गर्दा १५६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस्तै आज ७० जना कोरोनाका रोगी निको भइ घर फर्केका छन् । अब निको हुनेको संख्या १ हजार २ सय ९९ पुगेको छ । पछिल्लो दिनमा कोरोना सक्रिय संक्रमितको संख्या बढिरहेको छ । हिजो सक्रिय संक्रमितको संख्या १ हजार २१७ रहेको थियो । आज बढेर १ हजार २ सय ९९ पुगेको मन्त्रालयले जनाएको छ।
यस्तै आज ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो संख्या पछिल्लो २४ घण्टामा मृत्यु नभएर पहिले नै मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २४ पुगेको छ ।




















