काठमाडौं, चैत २८
नेपालमा आज २८८ जनामा कोरोना भाइरस का विरामी थपिएका छन । पछिल्लो २४ घण्टामा ४ हजार ७१ जनामा परिक्षण गर्दा २८८ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।
त्यस्तै, आज १२७ जना कोरोनामुक्त भएका छन । मन्त्रालयले बताए अनुसार २ हजार ६१५ जना सक्रिय संक्रमित रहेका छन् । आज कोरोना संक्रमणबाट भने कसैको पनि मृत्यु भएको छैन । हिजो पनि कोरोना संक्रमणबाट कसैको मृत्यु नभएको मन्त्रालयले जनाकारी दिएको थियो ।
कोरोना संक्रमणबाट नेपालमा हानलसम्म ३ हजार ३८ जनाको मृत्यु भइसकेको छ ।




















