बुटवल ।
बुटवलको धागो कारखानामा रहेको कोराना विशेष अस्पतालमा आज विहान ३ जना संक्रमितको मृत्यु भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१ की ७१ वर्षीय महिला, कपिलबस्तुको वाणगंगा नगरपालिका–३ का ७९ वर्षीय पुरुष र अर्घाखाँचीको मालारानी गाउँपालिका–५ की ७९ वर्षीय महिलाको मृत्यु भएको हो । लुम्बिनी प्रादेशिक अस्तालका सूचना अधिकारी डा विष्णु गौतमका अनुसार तिलोत्तमाकी संक्रमित महिलामा चैत २१ कोरोना रिपोर्ट पोजेटिभ आई २३ गते कोरोना अस्पतालमा भर्ना हुनु भएको हो अस्पताल प्रशासनका अनुसार कपिलबस्तुका संक्रमित पुरुषको चैत्र २७ गते कोरोना रिपार्ट पोजेटिभ आएका थियो भने उनीलाई सोही दिन नै कोरोना अस्तालमा भर्ना गरिएको थियो । अर्घाखाँचीकी ती संक्रमित महिलाको पनि २७ गते कोरोना रिपोर्ट पोजेटिभ आई सोही दिन कोरोना अस्पतालमा भर्ना गरिएको अस्पताल प्रशासनले जनाएको छ ।




















