ताजा अपडेट

भारतबाट सामान ल्याउँदा भन्सार तिर्नुपर्ने निर्णयपछि नेपाली बजार चलायमान बन्दै

मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

नयाँ शैक्षिकसत्र आजदेखि सुरु

नेकपाले बनायो संविधान संशोधन कार्यदल

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

नापी कार्यालयका काम अब अनलाइनबाटै हुने प्रधानमन्त्री वलीले गरे उद्घाटन

लुम्बिनी दर्पण २०७८ बैशाख २, बिहीबार १०:४६
[sharethis-inline-buttons]

 

काठमाडौं, बैशाख २

सरकारले घरमै बसेर नापी कार्यालयहरुको काम मेरो कित्ताबाट गर्न सकिने व्यवस्था सुरु गरेको छ।प्रधानमन्त्री केपी शर्मा ओलीले नापी कार्यालयहरुबाट प्रदान गरिने सेवा अनलाइनबाटै गर्न सकिने प्रणालीको शुभारम्भ गरेका हुन्।

सरकारले ‘नेपाल ल्याण्ड इन्फरमेसन सिस्टम’मार्फत नक्सा प्रिन्ट, फिल्डबुक प्रिन्टलगायतको सेवा घरमै बसेर उपलब्ध गराउन लागेको हो।नापी कार्यालयहरुबाट प्रदान गरिने सेवाहरु प्रविधिमैत्री, झन्झटरहित, चुस्त दुरुस्त, छिटो छरितो एवं प्रभावकारी बनाउनका लागि यो कार्यक्रम सुरु गरिएको सरकारले बताएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले लगानी र प्रविधि ल्याउने कुरामा सरकारको ध्यान भएको भन्दै मेरो कित्ताबाट नेपालमा जति कित्ता रहेका छन्, सबै घरमा बसेर हेर्न सकिने बताए।कार्यालय उही हुन्, काम गर्ने तरिकामा परिवर्तन गरेका हौँ’, प्रधानमन्त्री ओलीले भने, ‘लेस फेस, लेस पेपर र क्यासलेस अर्थात डिजिटाइज्ड नेपाल सुरु गरेका छौँ।’भमि व्यवस्था, सहकारी तथा गरिबी निवारण शिवमाया तुम्बाहाङ्फेले मालपोत तथा नापी कार्यालयबाट हुने ढिलासुस्ती कम गर्न मेरो कित्ता कार्यक्रम सुरु गरिएको बताइन्।डिजिटल नेपालको अवधारणाअनुसार मालपोत तथा नापी कार्यालयमा पेपरलेस कार्यक्रमको रुपमा सुरु भएको उनको भनाइ छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव टेकनारायण पाण्डेले घरजग्गा कारोबारमा लाइन लाग्नुपर्ने बाध्यता हटाउन अनलाइन सेवा सुचारु गरिएको बताए।अहिलकोे बसाइसराइले जो जहाँ छ, त्यहाँबाटै मालपोत तथा नापी कार्यालयबाट सेवा उपलब्ध गराउन आवश्यक छ’, सचिव पाण्डेले भने, ‘घरजग्गा कारोबार आफैँ अनलाइनबाट गर्न सकिन्छ।’उनले डिजिटल भेरिफिकेसनको लागि कहिलेकाहीँ उपस्थित हुनुपर्ला नभए सबै अनलाइनबाटै काम हुने बताए।

देशभर १२६ नापी कार्यालयमध्ये १८ कार्यालय अझै अनलाइन प्रणालीमा आउनसकेका छैनन्।यो वर्षभित्र सबै कार्यालय अनलाइन प्रणालीमा आउने र कारोबार गर्न सकिने सरकारले बताएको छ।पाण्डेले जग्गासम्बन्धी सम्पूर्ण इतिहास अनलाइनबाट थाहा पाउने व्यवस्था गरी मन्त्रालयले काम थालेको बताए।संस्थागत कारोबार बैंक तथा स्थानीय तहले समेत अनलाइनबाटै कारोबार गर्नसक्ने उनले जानकारी दिए।नापी विभागका महानिर्देशक प्रकाश जोशीले काठमाडौं उपत्यकाका ३ ठाउँ कलंकी, डिल्लीबजार र भक्तपुरमा आजबाटै लागू भएको जानकारी दिए।

के हो मेरो कित्ता प्रणालीरु अनलाइन सेवा कसरी प्राप्त गर्नेरु
नापी कार्यालयहरुबाट प्रवाह गरिने केही सेवाहरु इन्टरनेटमार्फत जहाँबाट पनि प्राप्त गर्न सकिने गरी तयार गरिएको प्रणाली नै मेरो कित्ता प्रणाली हो।मेरो कित्ता प्रणालीमार्फत नक्सा प्रिन्ट, प्लट रजिस्टर प्रिन्ट, फिल्डबुक प्रिन्ट, फिल्ड रेखांकन निवेदनको काम गर्न सकिन्छ। मेरो कित्ता प्रणाली सञ्चालन गर्न जग्गाधनी प्रमाणपुर्जा र नागरिकता आवश्यक हुन्छसाधारण प्रयोगकर्ताले सेवा लिन मेरो कित्ताको वेबसाइटमा गएर तोकिएको ढाँचामा अनलाइन निवेदन पेश गर्नुपर्छ। निवेदन पेश भएपश्चात् मोबाइलमा ओटीपी कोर्ड आउँछ। सेवाको अवधिभर सो कोड आवश्यक हुन्छ।कार्यालयहरुबाट सेवाको विवरण चेकजाँच भइसकेपछि तिर्नुपर्ने राजस्व रकमको एसएमएस प्राप्त हुन्छराजस्व तिर्नको लागि मोबाइल नम्बर र ओटीपी प्रयोग गरी कनेक्ट आईपीएस वा भौचर प्राप्त गरी बैंकबाट रकम भुक्तानी गर्न सकिन्छ।भुक्तानी प्राप्त भएपछि कार्यालयहरुबाट नक्साको डिजिटल कपी अपलोड गरी मोबाइलमा त्यसको जानकारी प्राप्त हुनेछ। सो नक्सा प्राप्त गर्न मोबाइल नम्बर र ओटीपी प्रयोग गरी ७ दिनभित्र डाउनलोड गर्नुपर्नेछ। स्रोत नेपाल खबर


प्रकाशित : २०७८ बैशाख २, बिहीबार १०:४६

लुम्बिनी दर्पण

लेखकबाट थप

  • बनकसिया नाकामा ठेकेदारको रजाँई, कम नापचाँजले आशंका
  • सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता
  • लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता
  • ४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज
  • रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर
प्रतिक्रिया

यो पनि पढौँ

मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

नेकपाले बनायो संविधान संशोधन कार्यदल

राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध, अलपत्र यात्रुको प्रहरीद्वारा उद्वार

सरकारी कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न परिपत्र

संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको बैठक जारी

बनकसिया नाकामा ठेकेदारको रजाँई, कम नापचाँजले आशंका

गीता मृत्यु प्रकरण : थप दुई जना चिकित्सक पक्राउ

भर्खरै

  • भारतबाट सामान ल्याउँदा भन्सार तिर्नुपर्ने निर्णयपछि नेपाली बजार चलायमान बन्दै


  • मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

  • सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

  • वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

  • जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

  • भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

  • नयाँ शैक्षिकसत्र आजदेखि सुरु

  • नेकपाले बनायो संविधान संशोधन कार्यदल

  • राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech