ताजा अपडेट

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

लुम्बिनी प्रदेशमा अविश्वासको प्रस्ताव दर्ता अलपत्रमा

लुम्बिनी दर्पण २०७८ बैशाख ३, शुक्रबार १३:५८

 

रुपन्देही, वैशाख ३
लुम्बिनी प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्तावका लागि तयार भएका विपक्षी दलहरू अंक गणित पुर्‍याउन नसकेर अन्योल बनेका छन् ।जनता समाजवादी पार्टीका ६ सांसदहरू मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारविरुद्ध एकमत हुन नसक्दा अविश्वासको प्रस्ताव अलमलमा परेको छ।

लुम्बिनी प्रदेशसभामा रहेका कुल ८७ मध्ये नेकपा एमालेका ४१ सांसद छन् । नेपाली कांग्रेसका १९, मओवादीका १८, जसपाका ६ र राजमोका १ जना सांसद रहेका छन् । माओवादीका २० मध्ये एमालेमा प्रवेश गरेका २ सांसदलाई कारवाही गरेपछि सो पार्टीका १८ सांसद बाँकी छन् । सभामुख पूर्णबहादुर घर्ती पनि माओवादीबाट प्रतिनिधित्व गरेका सांसद हुन् ।

दुई साताअघि नै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न भन्दै हस्ताक्षर संकलन शुरू गरेको खबर बाहिरिए पनि पूरै अंक गणित जुटाउन नसक्दा दलहरू अहिलेसम्म छलफलमै सीमित छन् ।

जसपाका प्रमुख सचेतक सन्तोष पाण्डेले अविश्वासको प्रस्ताका विषयमा सबै दलबीच छलफल भएपनि कुनै निचोडमा नपुगेको नेपाल प्रेसलाईजानकारी दिए । उनले आफ्नै दलभित्र पनि सबै सांसदको एउटै धारणा नभएकोले अंकगणित पूरा नभएको बताए । पाण्डेले भने, ‘ अश्विासको प्रस्ताव फेल हुनेगरी लैजाने कुरा भएन, हाम्रो दलका सबै माननीयहरू राजी हुनुभएको छैन, खासगरी एकजना तयार हुनुभएको छैन, तयारी भएपनि अंक गणित नपुगेर रोकिएको हो, केन्द्रको निर्णय नआउँदा पनि ढिला भएको हो । आज पनि हामी छलफल गर्छौँ ।’

राजपा र समाजवादी पार्टी एक भएर बनेको जसपाको प्रदेशमा समायोजन टुंगिएको छैन । लुम्बिनीमा जसपाका ६ सांसद छन् ।

जसपाकै सांसद कल्पना पाण्डेले संसदीय दलले केन्द्रीय पार्टीलाई हामीले कुन दललाई समर्थन गर्ने भनेर लिखित पठाएपनि औपचारिकरूपमा केही नआएकाले अहिले नै निर्णय दिन नसेकेको बताइन् ।

‘सबैले आफ्नो दलको औपचारिक निर्णय मान्ने हो, अरु माननीयले के गर्नुहुन्छ थाहा भएन, मेरो स्पष्ट धारणा केन्द्रले जे निर्णय गरेर पठाउँछ त्यही मान्ने हो, व्यक्तिले के भन्यो भन्ने विषयलाई अगाडि नबढाऔं, जसपाको प्रदेशमा कुनै कमिटी समायोजन भएको छैन त्यसैले हामीले आधिकारिक धारणा माग गर्दै केन्द्रमा लिखित पठाएका छौं, म काठमाडौंमा छु औपचारिक जानकारी केही आएको छैन’, उनले नेपाल प्रेससँग भनिन् ।

कांग्रेसको धारणा
प्रदेशसभामा नेपाली कांग्रेसका सचेतक फकरुद्दिन खानले जसपा अनिर्णित बन्दा सरकारविरुद्धको सबै काम प्रभावित भएको बताएका छन् ।

‘सबै पार्टी तयार भएपनि जसपाले निर्णय नदिएकाले रोकिएको हो, नयाँ सरकारका विषयमा छलफल भएपनि अविश्वासको प्रस्तावमा हरुताक्षर भएको अवस्था छैन, छिट्टै निचोडमा पुग्छौं’, उनले भने ।

सरकारको नेतृत्व लिन आफूहरू तयार भएको भन्दै उनले सहमति अनुसार अघि बढ्ने बताए ।

मुख्यमन्त्री बनाउने माओवादीको योजना
माओवादी केन्द्रका प्रमुख सचेतक तुलबहादुर घर्ती ‘वसन्त’ ले प्रदेश सरकारविरुद्ध सबै दलबीच छलफल भएपनि अविश्वासको प्रस्ताव तयारी भइनसकेको बताए । उनले भने, ‘अझै दुई दिन केही हुँदैन, गण्डकीमा भयो भनेर केही साथीहरुले सोध्नुभएको थियो हामी केही टुंगाएका छैनौ भनेर मैले सबैलाई भनेको छु ।’

माओवादी केन्द्रका प्रमुख सचेतक तुलबहादुर घर्तीले लुम्बिनी प्रदेशमा माओवादीका तर्फबाट कुलप्रसाद केसीलाई मुख्यमन्त्रीका रूपमा अघि सारिएको बताए । ‘सबै दलबीच औपचारिक प्रस्तावका रूपमा कुलप्रसाद केसीको नाम आएको हो तर निर्णय भएको छैन’, उनले भने ।

एमालेविरुद्ध आक्रामक जनमोर्चा
राष्ट्रिय जनमोर्चाका सांसद तारा जिसीले अविश्वासको प्रस्ताव जसले ल्याएपनि समर्थन गर्ने पार्टीको स्पष्ट नीति रहेको बताइन् ।

‘नेकपालाई दिएको समर्थनलाई सरकारले गलत ढंगले प्रयोग गरेकाले नीतिगत रूपमै एमालेलाई समर्थन नगर्ने केन्द्रको निर्देशन छ, मैले त्यो नीतिलाई पालना गर्छु ’, उनले भनिन् ।

अविश्वासको प्रस्ताव दर्ता गर्न हस्ताक्षर संकलन गर्न सुरु गरे पनि सरकार फेरबदलको निर्णायक मोडमा मुख्यमन्त्री शंकर पोखरेलले सत्ता साझेदारीको प्रस्ताव गरेपछि अल्मलिएको छ । उता जसपासँग छलफलमा रहेका पोखरेलले माओवादीबाट मन्त्री बनेकालाई हटाइहालेका छैनन् ।

जसपासँग गठबन्धनको टुंगो लागे माओवादीका मन्त्री हटाएर जसपाका २ जनालाई मन्त्री बनाउने पोखरेलको तयारी छ । लुम्बिनीमा माओवादीका तर्फबाट कुलप्रसाद केसी आन्तरिक मामिला तथा कानुनमन्त्री र सुदर्शन बराल सामाजिक विकासमन्त्री छन् ।

नेकपा एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले भने अब केही दिनमा सरकारले आधिकारिक निचोड दिने बताए ।
अहिले परिस्थिति धेरै अगाडि गएको देखिँदैन, अन्य दलका साथीहरू पनि छलफलमा जुटेको सुनेको छु, सरकारले पनि आफ्नो तयारी गरेको छ। आजलाई यो भन्दा धेरै नबोलौं’, उनले भने । स्रोत नेपाल प्रेस


प्रकाशित : २०७८ बैशाख ३, शुक्रबार १३:५८

लुम्बिनी दर्पण

लेखकबाट थप

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै
  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ
  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
प्रतिक्रिया

यो पनि पढौँ

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

भर्खरै

  • समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech