बुटवल, बैशाख ७
कपिलवस्तुमा बस र एक आपसमा टोकिएका छन । बुटवलबाट कृष्णनगर तर्फ जाँदै गरेको लु १ ख ५६८४ नम्वरको यात्रुवाहक वस र विपरीत दिशाबाट आउँदै गरेको ना ४ ख ३०१२ नम्बरको मालबाहक ट्रक मंगलवार कपिलवस्तुको बुद्धभुमी ९ सुरगरवरवा नजिक ठक्कर खाँदा २४ जना घाइते भएका छन् ।
दुर्घटनामा घाइते भएका मध्ये ६ जनाको अवस्था गम्भीर रहेको र गम्भीर घाइतेहरुको स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि बुटवल ल्याइएको प्रहरीले जानकारी दिएको छ ।




















