दाङ, बैशाख १५
दाङमा एक व्यक्तिले ढुंगा प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुलसीपुर उपमहानगरपालिका–७ निवासी २५ वर्षीय पदम पोखरेलले २४ वर्षकी विपना रेग्मी पोखरेललाई ढुंगाले हानेर हत्या गरेका हुन् ।
मंगलबार राति करिब ८ बजेतिर ढुंगाले हान्दा गम्भीर घाइते भएकी विपनालाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याउँदै गर्दा बाटोमै न्यान गएको हो ।श्रीमततिको हत्या गरी हत्या गरी श्रीमान फरार भएका छन ,उनको खोजी कार्य जारी भएको प्रहरीले जानकारी दिएको छ । मृतक विपनाकी चार वर्षीया छोरी छन् ।




















