लायन्स क्लब द्धारा प्रेस क्लबलाई स्वास्थ्य सामग्री सहयोग

अजय मिश्र कृष्णनगर, चैत्र १८
जिल्लाको कृष्णनगरमा लायन्स कल्ब द्वारा मास्क र सेनिटाइजर प्रेस कल्ब आफ कृष्णनगरका अध्यक्ष अंकुश कुमार श्रीवास्तव लाई हस्तांतरण गरिएको छ। विश्व मा फैलिएको कोरोना भाइसबाट विश्व नै त्रसित रहेको अवस्थामा नेपालमा समेत यस्को असर परेकाले लक डाउनको स्थिती छ ।

यस महामारीको अवस्थामामा समेत चौबिसै घण्टा सेवा दि रहेका प्रहरी, डाक्टर, पत्रकार लगायत अन्य ले हाम्रो लागी खटेका छन् । उक्त अवस्था लाई मध्यनजर गर्दै आज प्रेस कल्ब आफ कृष्णनगर लाई मास्क र सेनिटाइजर हस्तांतरण गरिएको कुरा सिनियर डिस्ट्रिक्ट एडवाइजर लायन दिनेश चन्द्र गुप्ता ले जानकारी दिए साथै आगामी दिनमा समेत हाम्रो तर्फबाट हुन सक्ने सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।

उक्त मास्क र सेनिटाइजर हस्तांतरणमा प्रथम उपाध्यक्ष नसरूल्ला खां, अनिल कुमार , कल्ब डाइरेक्टर विजय कुमार अग्रहरी, कल्बका कोषाध्यक्ष श्याम कुमार मिश्र, घनश्याम अग्रवाल लगायतको उपस्थिती रहेको थियो ।

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *