आयोनको अगुवाईमा कपिलवस्तुका स्थानिय तहमा योजना पेश

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ, कपिलवस्तु । नेपाल युवा संस्था संजाल ( आयोन) को अगुवाइमा कपिलवस्तु जिल्लाका दुइ वटा स्थानिय तहमा युवाको छलफलबाट उठेका माग तथा योजनाहरु सम्वन्धित नगरपालिकाका नगरप्रमुख र वडाध्यक्षहरुलाई बुझाइएको छ ।

नागरिक शिक्षा र सुशासन अभियान अन्र्तगत कपिलवस्तु जिल्लाका ५ वटा स्थानमा योजना तर्जुमा सम्बन्धि छलफल कार्यक्रमबाट उठेका मागहरु सम्बन्धित स्थानिय तहको प्रमुख तथा वडाध्यक्षहरुलाई बुझाइएको अभियान्ता संगिता भुसालले जानकारी दिएकी छन् । अहिले स्थानिय तहमा आ.व.२०७७÷७८ का लागी योजना, निति तथा कार्यक्रम ल्याउनका लागी बस्ती तथा वडास्तरका योजना तर्जुमा चलिरहेको बेला आयोनको पहलमा सो कार्यक्रम गरिएको अभियान्ता भोजराज बञ्जाडेले जानकारी दिएका छन् ।

 

छलफल कार्यक्रम कृषि, स्वास्थ्य शिक्षा, भौतिक पुर्वाधार, युवा शसक्तिकरण कार्यक्रम, युवा स्वरोजागार सीपमुलक तालिमको माग आएको अभियान्ता सागर पौडेल बताएका छन् ।

युवाहरुले बुझाएको माग तथा योजना पत्र बुझ्दै कपिलवस्तु नगरपालिकाका नगर प्रमुख किरन सिंहले युवाहरुको छलफलबाट आएको माग जायज भएको र सो को सम्बोधनका लागी पहल गर्ने बताएका छन् यसैगरी बाणगंगा नगरपालिका वार्ड नं ६ का वडाध्यक्ष सुकदेव थारुले युवाको क्षमता विकास र शसक्तिकरणका लागी आफुले नगरमा पहल गर्ने बताएका छन् ।

कार्यक्रममा अभियान्ता हरि आचार्य, संगिता भुसाल,शान्ती थापा, सागर पौडेल, भोजराज बञ्जाडे, सन्दिप न्यौपाने, बर्षा पौडेलले सहजीकरण गरेका थिए ।


प्रकाशित : २०७७ असार ८, सोमबार ११:०६