ताजा अपडेट

पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु

जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

मन सफा छ, व्यवहार सरल छ

१९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा

बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

करका दर चुहावट भएको प्रमाणित भए सार्वजनिक जीवन नै छोड्न तयार छु : अर्थमन्त्री

अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

विजयनगरको सातौ गाउँ सभा, विकास निर्माण , आर्थिक र स्वास्थ्यमा जोड

लुम्बिनी दर्पण २०७७ असार १०, बुधबार १७:५२
[sharethis-inline-buttons]

राम प्रघट कोरी, ।
कपिलवस्तुको विजयनगर गाउँपालिकाले सातौँ गाउँ सभा बुधवार सम्पन्न भएको छ । गाउँपालिकाले आर्थिक बर्ष २०७७र०७८ को वार्षिक नीति तथा कार्यक्रम अन्तर्गत सातौँ गाउँसभाबाट ५१ करोड, २९ लाख २८ हजार ७० रुपैयाँको आयव्याय बजेट प्रस्तुत गरेको हो । सामाजिक क्षेत्रको विकास र विस्तार, धार्मिक सँस्कृतिको विकास संरक्षण तथा प्रबद्र्धन, दिगो पुर्वाधार विकासमा जोड, सार्बजनिक खर्चमा मित्यव्ययित तथा नतिजामुखी प्रशासन, व्यवसायिक सीप रोजगारी सिर्जना र प्रर्यटन प्रबद्र्धनलाई प्राथमिकतामा राखेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाको सातौँ गाउँ सभाका नीति तथा कार्यक्रमहरु स्

आर्थिक विकास
स्थानीय ज्ञान सीप क्षमताको विकास र अधिकतम उपयोग गरिनेछ । किसानको हकहित संरक्षण गर्दै कृषिको व्यवसायीकरण विविधीकरण र आधुनिकीकरण गरी आत्मनिर्भर उन्मुख बनाइनेछ । बन संम्पदाको संरक्षण गर्दै होमस्टे, पिकनिक क्षेत्र निमाणर् गर्देै आन्तरिक प्रबद्र्धन गरिनेछ । मौसमी र बेमौसमी तरकारी खेती, बाख्रा, भैसी, कुखुरा, बंगुर लगायतको पकेट क्षेत्र विस्तार गरी किसानको आयआर्जनमा बृद्धि गरिनेछ ।

सामाजिक
सँस्कृतिको विकास संरक्षण र प्रबद्र्धन सामाजिका सुसम्बन्धमा आधारित स्वास्थ्य र सभ्य समाजको निमाणर् गरिने छ । गुणस्तर शिक्षाको लागि सामुदायिक तथा मदरसाहरुमा भौतिक पुर्वाधार विकाससँगै आवश्यक शिक्षकको दरबन्दीको मिलान गरिनेछ । स्वास्थ्य सेवालाई व्यवस्थित सर्बसुलभ बनाई गाउँपालिका भित्र साप्ताहिक र मासिक रुपमा एम.वि.वि. एस. र विशेषयज्ञ डाक्टर तथा औषधी प्रयोग शालाको कार्यलाई निरन्तरता दिईनेछ ।

सबै वडाहरुमा स्वास्थ्य संस्था स्थापना तथा क्रमशः थप बर्थिङ सेन्टर सञ्चालन गरिनेछ । सुरक्षित खानेपानी तथा पूणर् सरसफाई युक्त गाउँपालिका निमाणर् गरिनेछ । समाजमा विद्यमान धर्म, प्रथा, परम्परा जाती भाषाको सम्मान र संरक्षण गरिनेछ । लक्षित वर्ग, क्षेत्र र जातजातीको हित संरक्षण गर्दै गाउँपालिकालाई लक्षित वर्गमैत्री बनाउँदै लगिनेछ । पूणर् भर्ना तथा विचैमा विद्यालय छोडने बालबालिकाको प्रतिशत शुन्यमा झार्नका लागि विशेष अभियान सञ्चालन गरिनेछ । बाल बिबाह अन्त्य तथा बालबालबालिका र महिला माथि हुने हिंसा तथा दुव्र्यवहार अन्त्यको लागि अभियान सञ्चालन गरिनेछ । गाउँपालिका भित्रका सबै बस्तीहरुमा क्रमशः सुविधा सम्पन्न सामुदायिक विद्यालय भवन निमाणर् गर्दै लगिनेछ ।

पूर्वाधार विकासः
चक्रपथको नयाँ ट्रयाक र स्तरउन्नती गर्दै लगिनेछ । सडकहरुको स्तरीकरण गर्दै धुलो रहित गाउँपालिकाको अभियानलाई निरन्तरता दिनेछ । ठुला पुलहरुको निमाणर् लागि संघ र प्रदेशसँग रकम माग गरिनेछ । साना सिँचाई प्रर्बद्धन गरी कृषि र माछा पालनमा सहयोग गरिनेछ । भवन निमाणर् मापदण्डलाई थप व्यवस्थित गरिनेछ । स्थानीय सञ्चार एफ.एम. र पत्रपत्रिकालाई प्रबद्र्धन गरिनेछ । गाउँपालिका, वडा, सार्वजनिक निकायका भवन क्रमशः निमाणर् मर्मत गरिनेछ ।

वातावरण तथा विपद् व्यवस्थापन स्

तटबन्धहरुको निमाणर् गरी नदी कटान व्यवस्थापन गरिनेछ । ठुला नदीहरुको तटबन्धका लागि संघ र प्रदेश बजेट माग गरी साझेदारीमा सम्पन्न गरिनेछ । कोभिड-१९ संक्रमण, आगलागी बाढी, पहिरो शित लहर जस्ता दैवी प्रकोपको व्यवस्थापनका लागि स्थानीय प्रकोप व्यवस्थापन कोषको प्रभावकारी उपयोग गरिनेछ । जलवायु परिवर्तनको प्रभाव कम गर्न पुराना तालपोखरी मर्मत तथा नयाँ पोखरी निमाणर्को लागि प्रोत्साहन गरिनेछ । वातावरण संरक्षणको लागि सार्वजनिक सडक तथा नदी किनारामा गाउँपालिका अध्यक्ष बुक्षरोपण अभियानलाई निरन्तरता दिनेछ ।

गाउँ सभामा बजेट प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले आधुनिक कृषि प्रणालीको विकास र व्यवसायीकरण, गुणस्तरीय आधारभूत शिक्षाको प्रत्याभूति, स्वास्थ्य सेवामा माथी आम जनताको पहँुच सु-निश्चित गर्दै भौतिक पूर्वधार युक्त रोजागारमूलक आत्मनिर्भरता तर्फ उन्मुख समृद्ध र समुन्नत गाउँपालिका निमाणर् गर्ने मुख्य लक्ष्य लिएको बताए ।

कृषि क्षेत्रका लागि ‘एक वडा एक बिउ बैँक स्थापना, एक गाउँ एक पकेट क्षेत्र, साना तथा घरेलु प्रबद्र्धनमा लगानी, प्राकृतिक विपद् तथा संकट व्यवस्थापनका लागि खाद्य सुरक्षा भण्डारण, १५ शैयाको अस्पताल निमाणर्को पहल, दमकल र एम्बुलेन्सको सेवाको सहज उपलब्धता, हरेका विद्यालयको नमुना विद्यालयको अवलम्बन, गाउँपालिकाको रहेको वडामा एक खेल मैदानको नीति र गाउँपालिका स्तरीय एक खेल मैदान निमाणर्, सार्बजनिक सेवा प्रवाहलाई प्रविधि मैत्री, सञ्चार मैत्री बनाउने’ लगायत नीति तथा आधारहरु रहेको अध्यक्ष थापाले बताए ।

यस्तै गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले गाउँसभा सबैको सहयोग र सहकार्यमा गाउँपालिकाको नीति तथा कार्यक्रम सहज रुपमा प्रस्तुत गरिएकोमा धन्यवाद दिँदै चौधरीले क्रमगत योजनाको निमाणर् पुरा गर्ने कृषि, स्वास्थ्य, शिक्षामा विशेष लगानी बढाई गाउँपालिकाबासीलाई परिवर्तनको अनुभूति गराउने विषयलाई प्राथमिकता दिएको बताए  । त्यस्तै नीति तथा कार्यक्रम सहितको बजेट माथि अर्को बैठकमा छलफल हुने प्रमुख प्रशासकीय अधिकृत गोबिन्द भट्टराईले बताए ।


प्रकाशित : २०७७ असार १०, बुधबार १७:५२

लुम्बिनी दर्पण

लेखकबाट थप

  • पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु
  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा
  • महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी
  • वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु
  • बजेट बक्तव्य : ३१ निकाय खारेज गर्दै ,भन्सार दरमा हेरफेर
प्रतिक्रिया

यो पनि पढौँ

लुम्बिनीको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत

आज संसदको पहिलो बैठकमा कुन नेताले के बोले, संक्षिप्तमा

आजदेखि सिनेमा हलमा ‘हामी तीन भाइ’

दुई समुदायको झडप रोक्न कपिलवस्तुमा निषेधाज्ञा

कोलीय देवदह बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा ३ दिने उद्घोषण तालिम आज देखि सुरु

बाबुल र दर्शन मालिकाका मालिक को हुन ? तौफिकको संलग्नता नभएको पुष्टि

गौर तनाव : सेना परिचालनपछि पनि राेकिएन आगजनी, भित्री भाग अझै अशान्त

गौर नगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू जारी

राजमो विजयनगर गाउँपालिका भेला सम्पन्न,गोविन्द परियारको संयोजकत्वमा ५१ सदस्यीय प्रचार–प्रसार समिति गठन

बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय हुने फैसला

संघियता खारेजी र राष्ट्रियताको रक्षाको नितिले राष्ट्रिय जनमोर्चाका उम्मेदवार उत्साहित चुनावी सभा सम्पन्न

बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी

भर्खरै

  • पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु

  • जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

  • प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

  • मन सफा छ, व्यवहार सरल छ

  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा

  • बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

  • करका दर चुहावट भएको प्रमाणित भए सार्वजनिक जीवन नै छोड्न तयार छु : अर्थमन्त्री

  • अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

  • सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

  • मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech