P.E.A.एजुकेश्नल ईन्स्टिच्युटले अनलाईन कक्षा सञ्चालन गर्दै

[sharethis-inline-buttons]

हरि आचार्य रुपन्देही, असार १३

उत्कृष्ट नतिजालाई निरन्तरता दिंदै आएको P.E.A. एजुकेश्नल ईन्स्टिच्युटले अनलाईन कक्षा सञ्चालन गर्ने भएको छ ।

विभिन्न भाषा, कम्प्युटर तथा ट्युसन कक्षा सञ्चालनमा उत्कृष्ट सावित रुपन्देहीको बुटवल भुड्की चोकमा रहेको ईन्स्टिच्युट प्रा.लिले विद्यार्थीहरुको मागलाई मध्यनजर गर्दै अनलाईन कक्षा सञ्चालन गर्ने सञ्चालक प्रितम भुसाल र पवन शाहले बताएका छन् । कोरोना महामारीका कारण लकडाउनले गर्दा अध्ययन गर्नबाट बञ्चित विद्यार्थीहरुको समस्या र मागलाई मध्यनजर गरी ब्रिज कोर्ष तथा ईन्ट्रान्स तयारीका अनलाईन कक्षा सञ्चालन गर्ने निर्णय गरिएको ईन्स्टिच्युटले जानकारी दिएको छ ।

एस.ई.ई. पछि अध्ययन गरिने विभिन्न विधाका ब्रिज कोर्ष पढ्न नपाउदा यतिबेला विद्यार्थीहरु चिन्तित अवस्थामा छन् सोहि समस्यालाई मध्यनजर गरी P.E.A. एजुकेश्नल ईन्स्टिच्युटले अनलाईन कक्षा सञ्चालन गर्ने भएपछि विद्यार्थीहरु खुसी भएका छन् । काठमाण्डौ तथा बुटवलका बिषय विज्ञ शिक्षकहरुद्धारा कक्षा सञ्चालन गरिने भएकाले विद्यार्थीहरुलाई जोडिन ईन्स्टिच्युटले आग्रह गरेको छ ।

विगत ५ बर्ष देखि शैक्षिक क्षेत्रमा P.E.A. एजुकेश्नल ईन्स्टिच्युटले उल्लेखनीय योगदान गर्दै आएको छ ।


प्रकाशित : २०७७ असार १३, शनिबार ०९:११