अब आधा सिलिण्डर ग्याँस मात्र किन्न पाइने

[sharethis-inline-buttons]

लुदअ चैत १३, काठमाण्डौ
नेपाल आयल निगमले सिलिन्डर आधा मात्र भरेर बजारमा पठाउन ग्याँस उद्योगीलाई निर्देशन दिएको छ ।

यसअघि एक सिलिण्डरमा १२ किलो २ सय ग्राम किलो ग्याँस हुँदै आएकोमा अब ७ किलो १ सय ग्राम मात्रै हुने निगमले जनाएको छ । माग अनुसार पुर्याउन नसकिने अवस्था आएकोले आधा सिलिन्डर ग्याँस मात्रै बेच्ने निर्णय भएको निगमले जनाएको छ ।

यसअघि भारतले लगाएको अघोषित नाकाकन्दीमा पनि आधा मात्रै सिलिन्डर भरेर वितरण गरिएको थियो । कोरोना भाइरसको संक्रमणको त्राससँगै देशभर ग्याँसको माग बढिरहेको छ । सुरुमा ग्यास आपूर्ति भएको तर उपभोक्ताले धेरै सञ्चय गरेकोले माग धान्न आधा सिलिन्डर मात्रै बिक्री गर्न निर्देशन दिइएको निगमले जनाएको छ ।


प्रकाशित : २०७६ चैत्र १३, बिहीबार १०:०८