
लुदअ काठमाडौं, साउन १
नेपाली हिन्दु महिलाहरूको महान चाड तीज नजिकिँदै छ । सङ्गीतको चाड मानिने यस तीजको अवसरमा एक पछि अर्को गर्दै नयाँ तीज गीतहरू सार्वजनिक भइरहेका छन् ।
यसैबिच गीतकार लोकराज अधिकारीको नयाँ तीज गीत ूआयो तीज ू सार्बजनिक भएको छ । समिक्षा अधिकारी र कृष्ण काफ्लेको स्वर अर्जुन पोख्रेलको संगीत र संगीत संयोजन रहेको तीज गीत आइतबार युट्युबमा सार्वजनिक गरिएको हो ।
सार्वजनिक गीतको भिडियोमा नम्रता सापकोटा,सङ्गै बालकलाकार अकेशा पोख्रेल, रोहबिन पोख्रेल र उजेश न्यौपानेले अभिनय गरेकाछन् । गीतमा अभिनय गर्ने अकेशा र रोहबिन बाबू छोरी हुन ।
म्युजिक भिडियोको निर्देशन त्रिशा केसीले गरेकी हुन् भने कोरियोग्राफी तेञ्जु योञ्जनले गरेका हुन् । यो गीतका गीतकार र निर्देशक एकै जिल्लाबासी दाङका हुन । गीतकार अधिकारीका यसअघि ूजसो परेपर्ला ू ूघन्किदे मादलु ू ू रे पटम भरर ू ूनाच चेली ू ूआमाले पकाएको दरू लगायतका तीज गीत दर्शक स्रोतामाझ आइसकेका छन । अधिकारी नेपाली सुगम संगीत र चलचित्र गीत संगीतमा पनि स्थापित भैसकेका गीतकार हुन । लोकराजकाूतिम्ले पराइ ठानेपछी ू ूमर्छु बरु छट्पटीमाू रुपै ूमोहनी ू ूबाजा बजाउदै ू लगायत दर्जनौ गीत दर्शक स्रोतामाझ लोकप्रीय छन ।
भिडियोका लागि यो लिंकमा क्लिक गर्नुहोस् ।

