गोविन्दराज जोशीसहित ३ जना नेता कांग्रेसबाट निस्काशित

लुदअ काठमाडौं, साउन ११
नेपाली कांग्रेसले पूर्वसहमहामन्त्री गोविन्दराज जोशीलाई पार्टीबाट निस्काशन गरेको छ ।

कांग्रेसको अनुशासन समितिले नेता जोशीसहित पूर्वमन्त्री पुस्करनाथ ओझा र रामबहादुर विष्टलाई पार्टीबाट निकालेको हो ।

पूर्वमन्त्रीसमेत रहेका जोशीलाई गत निर्वाचनमा वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी दिएको आरोपमा ५ वर्षका लागि पार्टीबाट निस्काशन गरिएको समितिले जनाएको छ ।

समितिले पूर्वमन्त्री एवं कैलालीका महासमिति सदस्य ओझालाई पनि ५ वर्षकै लागि पार्टीबाट निस्काशन गरेको छ । ओझालाई कैलालीमा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु देउवालाई चुनाव हराउन भूमिका खेलेको आरोप लगाइएको छ ।

यसैगरी पार्टी सभापति देउवाकै गृहजिल्ला डडेलधुरा कांग्रेसका कार्यालय सचिव विष्टलाई पनि अनुशासन उल्लंघन गरेको आरोपमा तीन वर्षका लागि पार्टीबाट निकालिएको छ ।

तीनै जनालाई सोधिएको स्पष्टीकरणको जवाफ चिक्तबुझ्दो नभएको र पार्टीको अनुशासन उल्लंघन गरेको भन्दै समितिले पार्टीबाट निस्काशन गर्ने निर्णय गरेको हो ।

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *