
लुदअ, कपिलवस्तु ।
फुलिका युवा क्लवको आयोजनामा मायादेवी गाउँपालिका वार्ड नं ३ फुलिकामा रहेको मुनेश्वर मा.बि. को नव निर्बाचित बिद्यालय ब्यवस्थापन समितीका पदाधिकारी तथा सदस्यहरुका लागी स्वागत एवम् सम्मान कार्यक्रम सामुदायिक सिकाइ केन्द्र फुलिकामा मा सम्पन्न भएको छ ।
क्लबका अध्यक्ष राकेश कुमार यादवको अध्यक्षता ,मायादेवी गाउँपालिका वार्ड नम्बर ३ का वडाध्यक्ष सुकदेव तिवारी को प्रमुख आतिथ्यता एवम् जनता मा.बि.का प्र.अ. कृष्ण कुमार चौधरीको बिशिस्ट अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ। प्रमुख अतिथिबाट दिप प्रज्वल्ना गरि शुरु गरिएको उक्त कार्यक्रममा क्लवका सचिव जय राम धोबिले स्वागत मन्तव्य राखेका थिए ।
सकुन्तला कुर्मी थारु र सिम्रिता यादव ले अतिथिलाइ दो सल्ला ओढाइ स्वागत गरेका थिए। त्यस कार्यक्रममा कौशल कुमार नागवंशी ,शैलेन्द्र चौधरी , किशोरी संजाल अध्यक्ष माया थारु लगायत ले मन्तव्य राखेका थिए । कार्यक्रममा ३० जना को उपस्थिति रहेको थियो ।

