सिद्धार्थद्धारा स्वास्थ्य कार्यालय रुकुमपुर्वलाई सन्देशमुलक सामाग्री हस्तान्तरण

[sharethis-inline-buttons]

थानेश्वर अधिकारी ।

सामाजिक क्षेत्रको अग्रणी संस्था सिद्धार्थ सामाजिक विकास केन्द्र कपिलवस्तुले जिल्ला स्वास्थ्य कार्यालय रुकुम पूर्व लाई कोभिड १९ महामारीको यो अवस्थालाई मध्यनजर गर्दै पोषण सम्बन्धि सन्देशमुलक सामाग्री हस्तान्तरण गरेको छ ।

संस्थाले यूनिसेफको आर्थिक सहयोगमा सो सचेतनामुलक सामाग्री हस्तान्तरण गरेको हो । सिद्धार्थ सामाजिक विकास केन्द्रले कोरोनाको संक्रमित वा शंकास्पद गर्भवती महिला तथा सुत्केरी आमाको पोषणको लागि तीन सय पोष्टर, बालबालिकाको लागि तीन सय पोष्टर स्वास्थ्य कार्यालयलाई हस्तान्तरण गरेको सिद्धार्थ सामाजिक विकास केन्द्रका कार्यसमिति सदस्य हरी अधिकारीले जानकारी दिएका छन् ।

यस्तै सन्देश मुलक सामाग्रीहरुमा २५ सय पोष्टर, १० वटा सचेतनामुलक फ्लेक्स स्वास्थ्य कार्यालयलाई हस्तान्त्रण गरेको छ । हस्तान्तरण गरिएको पर्चा, पोष्टर फ्लेक्समा कोभिड संक्रमण भएको वा शंकास्पद गर्भवती, सुत्केरी महिला, बालबालिकाहरुले ध्यान दिनुपर्ने कुराहरु लेखिएका छन् ।

यी सामाग्रीहरु स्वास्थ्य कार्यालयले क्वारेन्टाइन, अस्पताल, स्वास्थ्य चौकीहरु मार्फत नागरिक र खोप लगाउन आएका सेवाग्राहीहरुलाई पनि वितरण गर्नेछ । यस्तै सिद्धार्थ सामाजिक विकास केन्द्रले कोभिडको जोखिममा परेका १३ जना बालबालिकालाई आर्थिक सहयोग समेत गरेको कार्यक्रमका दस्तावेज अधिकृत अमर बस्नेतले जानकारी दिएका छन् । सोही अवसरमा रोल्पा अस्पतालका प्रमुख तथा स्वास्थ्यकर्मीसँग छलफल समेत गरिएको बस्नेतले बताएका छन् ।

 

कार्यक्रममा सिद्धार्थ सामाजिक विकास केन्द्रका कार्यसमिति सदस्य हरी अधिकारी, दस्तावेज अधिकृत अमर बस्नेत,कार्यक्रम अधिकृत सुनीता ढकाल, शान्ती पण्डित, मनोसामाजिकर्ता वविता खड्का र युवा उद्यमी झविन्द्र खनाल लगायतको उपस्थिति रहेको थियो ।


प्रकाशित : २०७७ भाद्र १७, बुधबार १५:०६