ताजा अपडेट

बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न

लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता

४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज

रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर

ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु

आशा लघुवित्त बाणगंगाद्धारा विमा रकम हस्तान्तरण

तिलोत्तमामा विद्यालय मर्जर तथा कानुनी छात्रवृत्ति सम्बन्धी प्रतिवेदन हस्तान्तरण

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

असोक गृुरुङ्ग ः जसले लन टेनिस आफ्नो जग्गामा कोट बनाए भित्राए

लुम्बिनी दर्पण २०७७ आश्विन २५, आईतवार ०८:२४
[sharethis-inline-buttons]

बुटवल, असोज २६ ।
समान्तय एलिट बर्ग खेल्ने मानिने लन टेनिस एक दशकदेखी खेल्न थालिएको छ । फुटवल, क्रिकेट , भविलब आदि खेल बुटवलबासीहरु लामो समम्वन्ध छ । तर लन टेनिस बुटवलमा एक अघि मात्र भित्रीएको हो । त्यहा अधि बुटवलमा लन टेनिस कस्तो खेल हो ? कसरी खेलिन्छ भन्ने धेरैलाई थाहा थिएन ।

बुटवलमै नेपाली सेनाको ब्यारेकभित्र भने यो खेल पहिल्यैदेखि खेलिन्थ्यो तर आम खेलप्रेमीलाई थाहा हुने कुरा भएन । लन टेनिस खेलप्रति रुचि भएका बुटवल कालिकानगरका अशोक गुरुङको नेपाली सेनाका अधिकारीसंग सम्पर्क थियो । त्यसै कारण उनी २०६३ सालतिर सेनाको ब्यारेकभित्रको कोर्टमा लन टेनिस सिक्न/खेल्न पुगे । उनी त्यहां करिब ५ वर्ष खेले । त्यसबीचमा उनी सशष्त्र प्रहरीले काठमाडौंमा आयोजना गरेको प्रतियोगितामा सहभागी पनि भए । यसले उनमा यो खेलप्रति अझै रुचि जगाउंदै गयो । यसैक्रममा पोखराका विनोद कायस्थसंग लन टेनिस खेलबारे कुराकानी भयो ।

उनकै प्रेरणाबाट अशोकले २०६८ सालमा रुपन्देहीमा पनि लन टेनिस खेल प्रवद्र्धन गर्ने र खेलाडी उत्पादन गर्ने सोंचका साथ आफ्नै निजी जग्गामा लन टेनिस कोर्ट बनाउने निधो गरे । र कालिकानगरस्थित घरको आंगन छेउमा रहेको ५ कठ्ठा जग्गामा करिब सात लाख रुपैयां खर्च गरेर कोर्ट बनाए । लन टेनिस खेलको विकास र प्रवद्र्धनका लागि आफ्नै जग्गामा खेल मैदान बनाउने काममा श्रीमती रितु गुरुङको साथ र सहयोग अवीस्मरणीय रहेको अशोक बताउंछन् । खेल्न सिकेपनि कोर्टमा रेखांकन,लाइनिङ र नेट, पोष्ट कहां कसरी राख्ने यकिन जानकारी उनलाई थिएन ।

त्यसैले पोखराकै लन टेनिस कोच निरज थापाको सहयोगमा यी काम पनि गरेर कोर्ट बनाए । कोर्ट त तयार भयो तर खेल्ने खेलाडी कोही थिएनन् । त्यसैले अशोकले नेपाली सेना र प्रहरी साथीलाई आफ्नो कोर्टमा बोलाएर खेल्न थाले । सडक छेउमै भएकाले लन टेनिस खेलेको हेर्ने र खेलप्रति मानिसहरुको ध्यान तानिन थाल्यो । विस्तारै आफूहरु खेलेको हेर्न आउनेहरु हामी पनि खेल्छौं भन्दै आउन थालेको र आफूले खुशीसाथ स्वागत गरेको अशोक स्मरण गर्छन् । ‘कोही खेलाडी नभएको बेलामा खेल्न आउंछौं भन्दा बडो खुशी र आनन्द हुन्थ्यो’-विगत सम्झदै अशोक भन्छन् ।

निजी लगानीमा कोर्ट बनाएका अशोकले नयां खेलाडीलाई प्रशिक्षण दिन युवा कोच विकास खड्कालाई भित्राए । शुरुको समयमा आफैले कोचलाई तलब र बस्ने कोठाको व्यवस्थापन गरेको अशोक सम्झन्छन् । कोचले सिकाउन थालेपछि बुटवलमा करिब एक दर्जन खेलाडी तयार भए । २०६९ सालमा अशोककै नेतृत्वमा बुटवलमा पहिलोपटक प्रथम खुल्ला जिल्लास्तरीय लन टेनिस प्रतियोगिता सम्पन्न भयो । जसमा बुटवलका अनिल सेन्चुरी च्याम्पियन भए । त्यसपछि २०७१ मा लन टेनिस खेललाई संस्थागत हिसाबले अघि बढाउने उद्देश्यले उनकै अगुवाईमा जिल्ला खेलकुद विकास समितिमा रुपन्देही लन टेनिस संघ विधिवत दर्ता भयो । अशोक गुरुङ अध्यक्ष, गोपाल ज्ञवाली सचिव लगायत १५ सदस्यीय संघ स्थापना गर्न लन टेनिस संघका तत्कालीन केन्द्रीय अध्यक्ष मनोज राणाको महत्वपूणर् सहयोग रहेको अशोक स्मरण गर्छन् ।

जिल्ला खेलकुदमा दर्ता भएपछि खेलसंग सम्बन्धित र सरोकार राख्नेहरुको ध्यान लन टेनिस र लन टेनिस संघप्रति जान थाल्यो । सोही क्रममा सुनौलो संगम युवा क्लबमा आवद्ध देवीनगर निवासी केशब थापा अशोकसंग सम्पर्कमा आए । उनले सधैंभरि निजी जग्गाको कोर्टबाट खेलको विकास हुन सक्दैन, एन्फा टेक्निकल सेन्टरको छेउमा सार्वजनिक जग्गा छ,त्यहीं कोर्ट बनाऔं भनेर आग्रह गरे । अशोकलाई यो प्रस्ताव राम्रो लाग्यो । र देवीनगरमा जग्गा हेर्न गए, जग्गामा कोर्ट बनाउने भनेर तारबार पनि भयो । तर पछि त्यो ठाउं उपयुक्त भएन भन्ने लाग्यो र लन टेनिस संघका सचिव गोपाल ज्ञवाली र फुटबल संघका कुमार थापाको सल्लाह / सहकार्यमा एन्फा टेक्निकल सेन्टरकै दक्षिण तर्फको सार्वजनिक जग्गामा कोर्ट सार्ने काम भयो । संघ मातहतको सार्वजनिक कोर्ट बनाउन अशोकले आफ्नो निजी कोर्टबाट तारजाली,पोस्ट लगायतका सामान ल्याए ।

खेलाडीबाट पनि यथाशक्य आर्थिक सहयोग जुटाएर कोर्ट बन्यो । जुन कोर्टमा अशोककै नेतृत्वमा दोस्रो र तेस्रो जिल्लास्तरीय लन टेनिस प्रतियोगिता सम्पन्न भए । दोस्रोमा आफै र तेस्रोमा सञ्जयप्रकाश श्रेष्ठ च्याम्पियन भए । यसरी रुपन्देही जिल्लामा लन टेनिस खेललाई समाजमा परिचित र स्थापित गराउन अशोक र उनको नेतृत्वको कार्यसमितिले ठूलो मेहनत र योगदान गर्‍यो । जिल्लामा मात्र हैन, राष्ट्रियस्तरमा पनि रुपन्देही लन टेनिस संघको कामको चर्चा हुंदै गयो ।

यसैको फलस्वरुप आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता प्रदेश ५ मा हुने तय भएसंगै लन टेनिस खेलको प्रतियोगिता बुटवलमा गर्ने र त्यसका लागि स्तरीय कोर्ट बनाउने कुरा भयो । कोर्ट निर्माणका लागि राष्ट्रिय खेलकुद परिषद्बाट ८५ लाख रुपैयां वजेट पाउने गरी अख्तियारीनामा आयो । र कोर्ट निर्माणका लागि बुटवल उपमहानगरपालिकाबाट ७ कठ्ठा जग्गा उपभोगको स्वीकृति लिएर केशवबहादुर थापाको अध्यक्षतामा उपभोक्ता समिति गठन भयो । र काम शुरु भयो ।

बुटवलमा नारायणी पश्चिमकै पहिलो अन्तर्राष्ट्रिय स्तरको लन टेनिस कोर्ट निर्माण हुनु यस क्षेत्रका लागि गौरवको कुरा भएपनि पहिलो गासमै ढुंगा भनेझैं बुट्यान (ससाना रुख/झाडी) सरसफाई गरेको आरोपमा वन मुद्दा चलाइ अवरोध सिर्जना गर्ने काम भयो । पछि अन्जानमा भएको कमजोरीलाई विधि प्रकृया पुर्‍याएर काम अघि बढाइएको अशोक सम्झन्छन् । केन्द्रबाट वजेट आइसकेको थिएन । तर काम अघि बढाउने क्रममा रकम अभाव भएपछि काम चलाउन संघको वैठक बसेर ५ लाख ८० हजार उठाएर संघका कोषाध्यक्ष अर्जुन गुरुङको नेतृत्वमा कामले गति लियो ।

काम शुरु भएको ३ महिनापछि फेरि कामै नगरी वजेट खाएको झुठो आरोप लगाएर अख्तियारमा मुद्दा हाल्ने काम पनि भयो । जसले गर्दा कोर्ट निर्माणको काममा अवरोध उत्पन्न भयो । अन्ततः ‘नखाएको विष लाग्दैन’ भने झैं उक्त आरोप झुठो नै सावित भयो र अख्तियारबाट सफाई पाएपछि काम अघि बढ्यो । निस्वार्थभावले खेलकुदका लागि काम गर्दा अनावश्यकरुपमा अख्तियारमा मुद्दा हाल्ने र केन्द्रबाट वजेट पनि नआउंदा काम गर्न अप्ठेरो भएको भन्दै कोषाध्यक्ष अर्जुन गुरुङले बीचमै जिम्मेवारीबाट विदा लिए । त्यसपछि फिल्डको काम हेर्ने जिम्मा पनि अशोककै कांधमा आयो ।

काम गर्दै जांदा राखेपबाट ८५ लाखको अख्तियारीनामा मध्ये १५ लाख कन्चन गाउंपालिकाको वडा नंं.२ स्थित झुंगापुरमा खेल मैदानमा प्राक्टिस भेन्यु बनाउन हो भनी वजेट कटौति गरियो । जसले गर्दा लक्ष्य अनुसारको काम गर्न वजेटले नपुग्ने स्थिति देखियो । तर तत्कालीन राखेप सदस्य सचिव केशव विष्ट र तत्कालीन मध्यमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष भीम ओली दुबै जनाले गुणस्तरीय काम गर्नुस्, वजेटको चिन्ता नगर्नुस् भन्ने आश्वासन दिएकाले वजेटको पर्वाह नगरी लक्ष्य अनुसारका पुर्वाधार र संरचनाहरु गुणस्तरीय ढंगले बनाइएको अशोक सम्झन्छन् ।

८५ लाख मध्ये १५ लाख झुंगापुरका लागि छुट्टाइएपछि ७० लाखबाट कार्यालय खर्चका नाममा जिल्ला खेलकुदले ४ लाख ८३ हजार कटौति गरेर ६५ लाख १७ हजार मात्र दियो । त्यसपछि दोस्रो चरणमा १० लाख मध्ये पनि कार्यालय प्रयोजन रकम कट्टा गरी ८ लाख मात्र प्राप्त भयो । इस्टिमेट अनुसार कोर्ट निर्माणका लागि १ करोड १२ लाख ८४ हजारमा ठेकेदारसंग सम्झौता भएकामा लागत कम गर्न प्रयास गरी ९६ लाख रुपैयामा काम सम्पन्न भयो । जसले गर्दा राज्यको करिब १७ लाख जोगियो ।

कोर्ट निर्माणमा करिब ९६ लाख खर्च भएकोमा दुईपटक गरेर उपभोक्ता समितिलाई जम्मा ७३ लाख १७ हजार प्राप्त भयो । संघले त्यसअघि संकलन गरेको ५ लाख ८० हजार समेत जोड्दा ७८ लाख ९७ हजार ठेकेदारलाई भुक्तानी भयो । कोर्ट निर्माणले अन्तिमरुप पाइसके पनि काम गरेवापत ठेकेदारलाई अझै १७ लाख तिर्नुपर्ने रकम अपुग भयो । जिल्ला खेलकुद विकास समितिले न्यूनतम कटौति गर्नुपर्ने रकम भन्दा बढी कटौति गरेको सम्बन्धमा र अपुग रकम कसरी जुटाएर भुक्तानी गर्ने भन्ने विषयमा संघको सिंगो कार्यसमिति एक ढिक्का भएर पहल गर्नुपर्नेमा उल्टै नेतृत्वलाई हटाउनेतिर ध्यान दिंदा समस्या बल्झिंदै गएको अशोकको बुझाई छ ।

कोर्ट निर्माण सम्पन्न पछि संघको आयोजनामा राष्ट्रियस्तरको खुल्ला लन टेनिस प्रतियोगिता सोही कोर्टमा भयो । त्यसपछि आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता पनि भव्यतासाथ सम्पन्न भयो । ठेकेदारलाई दिनुपर्ने अपुग रकमको सम्बन्धमा संघ,उपभोक्ता समिति र जिल्ला खेलकुद विकास समितिबीच छलफल हुंदैगर्दा उक्त वक्यौताको टुंगो लगाउने विषयलाई बेवास्ता गरी संघकै साथीहरुबाट एकतर्फीरुपमा अधिवेशनको कुरा उठाई आफूलाई एक्ल्याउने काम भएको अशोकको गुनासो छ । अध्यक्ष अशोकले तिर्नुपर्ने वक्यौता भुक्तानी गरौं र अधिवेशन गरौं भन्ने प्रस्ताव राखे । साथीहरुले मानेनन् । जसले गर्दा करिब आधा वर्ष अन्योलको वातावरणमा त्यसै बित्यो । त्यसपछि केन्द्रको पहलमा संघका पदाधिकारीलाई केन्द्रीय पदाधिकारीको रोहबरमा वैठक बसेर २०७६ माघमा अधिवेशन गर्ने र कोर्ट निर्माण खर्च भुक्तानी सम्बन्धमा जांचबुझ समिति गठन गरी लिनुपर्ने र दिनुपर्ने जिम्मा नयां समितिले लिनेगरी सर्वसम्मत निणर्य भयो ।

जसको साक्षीका रुपमा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख संगमसिंह थापा समेत रहेका थिए । सोही सहमति अनुसार निर्धारित मितिमा अधिवेशन पनि भयो र सञ्जयप्रकाश श्रेष्ठको नेतत्वमा नयां कार्यसमिति बन्यो । नयां कार्यसमिति बनेपछि पुर्व सहमति अनुसार जांचबुझ समिति गठन गरी आफ्नो जिम्मेवारी निर्वाह गर्न बेवास्ता गर्‍यो । त्यसपछि लन टेनिस संघको केन्द्रीय महासचिव मनोहर दास मूललाई समस्याबारे जानकारी गराउन वाध्य भएको अशोक स्मरण गर्छन् ।

त्यसपछि केन्द्रका महासचिवको निर्देशनपछि मात्रै २०७६ चैत ९ गते बल्ल संघका पुर्व सल्लाहकार अर्जुनमान सैंजूको संयोजकत्वमा ५ सदस्यीय छानवीन समिति बनाउन लन टेनिस संघका जिल्ला सचिवले पत्राचार गरे । संघबाट पत्र पाएपछि छानवीन समितिका संयोजकले काम थाले । उपभोक्ता समिति, संघका निवर्तमान अध्यक्ष र वर्तमान कार्यसमतिको नेतृत्वसंग सम्पर्क गरी तीनपटक वैठक बसेर तथ्य प्रमाण केलाएर भुक्तानी गर्नुपर्ने रकम वर्तमान कार्यसमितिले भुक्तानी गर्नुपर्ने निणर्य दियो । जसमा संघका कोषाध्यक्ष र एकजना सदस्यले समेत सहमत भई हस्ताक्षर पनि गरे । यति भैसक्दा पनि वर्तमान कार्यसमितिले ठेकेदारलाई रकम तिर्न बेवास्ता गर्ने काम भयो । बरु संरचना भत्काएर लगेपनि आफूलाई मतलब नभएको जवाफ पाएपछि ठेकेदारले वाध्य भएर कोर्टमा तालाबन्दी गरे ।

यसरी एकातिर प्रदेश ५ कै गौरव र नमूनाको रुपमा आफ्नो अगुवाई र नेतृत्वमा बनेको कोर्टमा तालाबन्दी र अर्कोतिर आफैले बुटवलमा शुरुवात गरेको खेल र ठूलो मेहनत /लगानीबाट बनाएको कोर्टमा आफूलाई खेल खेल्नबाट वञ्चित गर्नेसम्मको प्रपञ्च भएपछि रुपन्देहीमा लन टेनिसका संस्थापक अध्यक्ष अशोक निराश हुनुपर्‍यो । कोर्टमा लामो समय तालाबन्दी हुंदा आफूलाई सबैभन्दा बढी पीडा भएको उनी बताउंछन् ।

पुर्व सहमति अनुसार तालाबन्दी खोल्न वर्तमान कार्यसमितिले अग्रसरता लिनुपर्छ भन्ने आफ्नो भनाई अनुसार नै झण्डै एक महिनापछि तालाबन्दी खोलिएकोमा उनले खुशी व्यक्त गरेका छन् ।

‘खोलो तर्‍यो लौरो बिस्र्यो’ भन्ने उखान झै नगरी अग्रजलाई सम्मान गर्दै अघि बढ्नुपर्ने उनको आग्रह छ । ‘काम गर्दा नजानेर पनि कमी कमजोरी हुन सक्छन् तर त्यसलाई उचालेर आफ्नै अग्रजलाई एक्लाउने र उपेक्षा गर्न नहुनेमा त्यस्तै भयो’-अशोकको दुखेसो छ । कुनै पनि खेलकुदको विकासका लागि व्यक्तिगत इगो भन्दा माथि उठेर अग्रजको सदैव स्मरण र सम्मान तथा नयांलाई प्रोत्साहन गर्नु र खेलमा कसैलाई वञ्चित नगर्नु नै खेलकुदमा लागेकाको न्यूनतम नैतिक मूल्य मान्यता हुने उनको भनाई छ ।


प्रकाशित : २०७७ आश्विन २५, आईतवार ०८:२४

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता
  • ४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज
  • रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर
  • सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु
  • आशा लघुवित्त बाणगंगाद्धारा विमा रकम हस्तान्तरण
प्रतिक्रिया

यो पनि पढौँ

मुर्गिया स्पोर्टस क्लब सैनामैना देवदह बी-लेभल पुरुष भलिबल प्रतियोगिताको च्याम्पियन बने

मनहरापुर ‘बी’लाई २–० ले पराजित गर्दै भग्लापुर ‘बी’ क्वाटरफाइनल नजिक

माल्दिभ्समा हुने साफ यू–२० च्याम्पियनशिपका लागि नेपाली टोली घोषणा

टी–२० विश्वकपमा अफगानिस्तानले क्यानडालाई ८२ रनले हरायो

टी–२० विश्वकप क्रिकेट : नेपालले आज वेस्ट इन्डिजसँग खेल्दै

टी–२० विश्वकपमा नेपालले आज इटालीसँग खेल्दै

टी–२० विश्वकपमा पाकिस्तान र न्युजिल्याण्डको लगातार दोश्रो जीत

टी–२० विश्वकपमा पाकिस्तानले भारतसँग खेल्ने

टी–२० विश्वकप : क्यानडालाई हराउँदै दक्षिण अफ्रिकाको विजयी शुरुआत

टी–२० विश्वकप : नेपाल इङ्ग्ल्यान्डसँग ४ रनले पराजित

टी–२० विश्वकप आजदेखि : उद्घाटन खेलमा पाकिस्तान र नेदरल्यान्ड्स खेल्दै

साफ यू–१९ च्याम्पियनशिप : नेपाल बाहिरियाे, उपाधिका लागि भारत र बङ्गलादेशबीच प्रतिस्पर्धा

भर्खरै

  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न

  • लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता

  • ४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज

  • रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर

  • ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

  • हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

  • सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु

  • आशा लघुवित्त बाणगंगाद्धारा विमा रकम हस्तान्तरण

  • तिलोत्तमामा विद्यालय मर्जर तथा कानुनी छात्रवृत्ति सम्बन्धी प्रतिवेदन हस्तान्तरण

  • साना किसान मोतिपुरमा स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech