हैदरावादलाई १३२ रनको लक्ष्य

ByLumbini Darpan Online

२१ कार्तिक २०७७, शुक्रबार १६:१७ २१ कार्तिक २०७७, शुक्रबार १६:१७ २१ कार्तिक २०७७, शुक्रबार १६:१७

यूएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको एलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंगलोरले सनराइजर्स हैदराबादलाई क्वालिफायर्समा पुग्न १३२ रनको लक्ष्य दिएको छ ।

शेख जायद क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरको बैंगलोरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३१ रन बनायो । बैंगलोरका लागि एबी डिभिलियर्सले अर्धशतकीय पारी खेले ।

४३ बल खेलेका उनले ५ चौकाको सहयोगमा ५६ रन बनाए । बैंगलोरका लागि अरोन फिन्चले ३२ रन बनाउँदा मोहमद सिराजले १० रनको योगदान गरे ।  बलिङतर्फ हैदरावादका लागि जेसन होल्डरले सर्वाधिक तीन विकेट लिए । त्यस्तै थङ्गार्सु नटराजनले दुई विकेट लिँदा साहजब नदिमले एक विकेट लिए ।

आजको खेलमा दुई टिम जित निकाल्दै दोस्रो क्वालिफायर पुग्न चाहन्छ । आजको खेलमा जित निकाल्ने टोलीले दोस्रो क्वालिफायर्समा स्थान बनाउने छ ।

पहिलो क्वालिफायर्समा जित निकाल्दै मुम्बईले फाइनलमा स्थान बनाई सकेको छ । आजको खेलमा जित निकाल्ने टोलीले पहिलो क्वालिफायर्समा पराजित भएको दिल्लीसँग फाइनल प्रवेशका लागि खेल्ने छ ।

एलिमिनेटरमा पराजित हुने टिम प्रतियोगिताबाट बाहिरिने छ । त्यसैले एक पटकको विजेता हैदरावाद आजको खेलमा बैंगलोरलाई हराउँदै दोस्रो क्वालिफायर्समा आफूलाई स्थान बनाउने छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *