कञ्चनमा प्रथम अध्यक्ष कप खुल्ला टी–ट्वेन्टी क्रिकेट प्रतियोगिता शुरु, उद्घाटनमा राईजिङ् स्टारको जित

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ रुपन्देही, कात्तिक २२

रुपन्देहीको कञ्चन गाउपालिकामा प्रथम अध्यक्ष कप खुल्ला टी ट्वान्टी क्रिकेट प्रतियोगिता शुरु भएको छ । कञ्चन गाउँपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले प्रतियोगिताका निर्णायकलाई क्रिकेट बल हस्तान्तरण गर्दै उक्त प्रतियोगिताको उद्घाटन गरेका हुन् ।

प्रतियोगिताको उद्घाटन गर्दै अधयक्ष क्षेत्रीले स्वास्थ्यका लागि खेलकुद अनिवार्य शर्त भएको र खेलकुदको माध्यमबाट नै युवाहरुलाई बिकासको साझेदार बनाउन सकिने समेत बताए । अध्यक्ष क्षेत्रीले जसरी सामुहिक खेल प्रतियोतिामा सामुहिक एकता र समन्वयको महत्व हुन्छ त्यसरी नै समाज रुपान्तरणका लागि हुने बिकासमा पनि युवाहरुको क्रियाशिलता एकता र समन्वय हुनु जरुरी रहेको र जसले गुणात्मक बिकासमा महत्वपुर्ण टेवा पुग्ने उल्लेख गरेका थिए ।

कार्तिक ३० गते सम्म संचालन हुने प्रतियोतिामा २० क्लवहरुको सहभागिता रहेको छ भने प्रतियोगितामा बिजेता टिमले नगद ४० हजार रुपैया र उप विजेताले २५ हजार रुपैया र कप,मेडल तथा प्रमाण पत्र प्राप्त गर्ने आयोजक लालि गुरांस युवा कलवका सुभाष क्षेत्रीले जानकारी दिए ।

लाली गुरांस युवा कलवका अध्यक्ष राम बहादुर थापाको अध्यक्षतामा शुरुवात भएको प्रतियोगितामा कञ्चन गाउापलिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीको प्रमुख आतिथ्यता,उपाध्यक्ष गोमा तरामु र प्रमुख प्रशासकिय अधिकृत लेख बहादुर बस्नेतको बिशिष्ट आतिथ्यता रहेको थियो भने वडा नं। ३ का वडा अध्यक्ष नगेन्द्र बहादुर लामिछाने, वडा सदस्य चुडामणी सुबेदी,लेखा अधिकृत सन्तोष गैरे लगायतको आतिथ्यता रहेको कार्यक्रममा क्लवका सल्लाहकार तुल बहादुर थापाको स्वागत तथा सुभाष क्षेत्रीको संचालनमा प्रतियोगिता शुरु भएको थियो ।

उद्घाटन खेलमा राईजिङ स्टार क्रिकेट क्लव र बुद्ध सेभेन स्टार क्लव बिच प्रतिस्पर्धा भएको थियो जसमा राईजिङ स्टार क्रिकेट क्लव ७ विकेटले विजयी भएको छ । टस जितेर ब्याटिङ रोजेको बुद्ध सेभेन स्टारले १४.४ ओभरमा सबै विकेट गुमाएर ५५ रन बनाउदै ५६ रनको लक्ष्य दिएको थियो । लक्ष्य पछ्याउने क्रममा राईजिङ स्टारले १२ ओभरमा ३ विकेटको क्षतिमा ६१ रन बनाउँदै जित हात पारेको हो । महत्वपुर्ण ३ विकेट लिंदै उद्घाटन खेलमा राईजिङ स्टारका कप्तान गणेश पन्त म्यान अफ द म्याच बन्न सफल भएका छन् ।


प्रकाशित : २०७७ कार्तिक २२, शनिबार ०२:४६