आईपीएल टी–२० क्रिकेट १३औं संस्करणको उपाधि मुम्बईलाई

लुदअ कात्तिक २६, काठमाण्डौ
इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराएको छ । दिल्लीले दिएको १ सय ५७ रनको लक्ष्य मुम्बईले १८.४ ओभरमा पूरा गरेको हो ।

मुम्बईका लागि रोहित शर्माले ६८ रन र क्विन्टन डी ककले २० रन बनाए भने इशान किशनले अविजित ३३ रन बनाए । बलिङतर्फ दिल्लीका मार्कस स्टोइनिस र कागिशो रबाडाले १र१ विकेट लिँदा एनरिच नोर्त्जेले २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा सात विकेट गुमाउँदै १ सय ५६ रन बनाएको थियो । दिल्लीका लागि कप्तान श्रेयस अय्यरले अविजित ६५ रन र रिषभ पन्तले ५६ रन बनाए । बलिङतर्फ मुम्बईका लागि ट्रेन्ट बोल्टले ३ विकेट लिँदा कल्टर नायलले २ र जयन्त यादवले १ विकेट लिए । यो मुम्बईको पाँचौँ आईपीएल उपाधि हो ।

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *