
लुदअ मंसिर ६, काठमाण्डौ
नेपाल क्रिकेट संघ (क्यान) ले बन्द प्रशिक्षणको लागि २२ खेलाडीलाई प्रशिक्षणमा बोलाएको छ ।
मंसिर १० गतेदेखि सुरु हुने बन्द प्रशिक्षणमा ज्ञानेन्द्र मल्लको कप्तानीमा २२ खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएको क्यानले जनाएको हो । कोरोनाको जोखिम रहेकाले स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गरेर बन्द प्रशिक्षण गरिने क्यानले जनाएको छ । क्यानले पर्सि खेलाडीको पीसीआर परीक्षण गर्ने भएको छ ।
कोरोना भाइरसको महामारीको कारण नेपालले ९ महिनापछि बन्द प्रशिक्षण गर्न लागेको हो ।

