बाणगंगामा आईपुगे राष्ट्रिय खेलाडी, राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता आज ११ बजे उद्घाटन हुने

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

हरि आचार्य कपिलवस्तु, मंसिर २४

कपिलवस्तुको बाणगंगामा आज देखि जिल्लामै पहिलो पटक खुला पुरुष डबल राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सुरु हुंदै छ । प्रतियोगितको सम्पुर्ण तयारी पुरा भएको आयोजक बाणगंगा नगरपालिका वडा नंं. ४ ले जानकारी दिएको छ । बाणगंगा नगरपालिका वडा नं. ४ वडा कार्यालयको आयोजना तथा शान्ति दिप युवा क्लवको संयोजनमा खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगिताको लागि खेलाडीहरु आइपुगेका छन् । बुद्ध रंगशाको कभर्ड हल चार नम्बरमा हुने प्रतियोगिता खेल्न नेपाल आर्मी, पुलिस सहित राष्ट्रिय खेलाडीहरु आइपुगेको खेल संयोजक शुशिल सिंह ठकुरीले बताए । वडा नम्बर ४ का वडाध्यक्ष गणेश क्षत्रीका अनुसार राष्ट्रियस्तरका चर्चित रेफ्रीहरुले प्रतियोगिता खेलाउने छन् । कभर्ड हलमा रहेका २ वटा कोडमा २ दिनसम्म खेल हुने छन् ।

प्रतियोगितामा लागु औषध दुव्र्यसनमा लागेर पुर्नस्थापित भइसकेका र बिभिन्न सुधारगृहमा बसिरहेका खेलाडीले पनि भाग लिएका छन् । प्रतियोगिता सम्पन्न गर्न करिब ८ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । वडा कार्यालयले आयोजना गरेको देशकै ठुलो प्रतियोगिताको च्याम्यिन जोडीको टुङ्गो मंसिर २५ गते साँझ लाग्ने छ । बाणगंगा नगरपालिकामा अहिले ब्याडमिन्टनको क्रेज बढेको छ । यहाँ राष्ट्रिय स्तरको खेल खेल्न सक्ने खेलाडी पनि छन् । उनीहरुलाई थप हौसला र प्रेरणा प्रदान गर्न पनि यो प्रतियोगिता अनुकरणीय हुने आयोजकको अपेक्षा छ ।

प्रतियोगितामा प्रथम हुनेले रु ६६ हजार, द्धित्तिय हुनेले ३३ हजार र तृतिय हुनेले रु १६ हजार पाउने छन् । प्रतियोगिता बुद्ध रगंशालाको कर्बड हलमा हुने उनले बताए । साथै प्रतियोगितामा कपिलवस्तु र रुपन्देही भन्दाका बाहिरका खेलाडीलाई एक दिनका लागी खान बस्न समेत ब्यवस्था गरिएको छ । प्रतियोगिता अवलोकन गर्नका लागि सम्पुर्ण खेलप्रेमी महानुभावहरुलाई आयोजकले आग्रह गरेको छ ।

अध्यक्ष क्षेत्रीले लागु औषध दुब्र्यसन रहित स्वस्थ र सम्मुनत समाज निमार्णको लागी खेलकुद भन्ने उद्देश्यले सञ्चालन गर्न लागिएको प्रतियोगिताले कपिलवस्तु जिल्लालाई पनि चिनाउने विश्वास व्यक्त गरे । आज बाणगंगाका नगर प्रमुख मंगल प्रसाद थारुको पमुख आतिथ्यतामा प्रतियोगिताको उद्घाटन गरिने आयोजकले जनाएको छ ।


प्रकाशित : २०७७ मंसिर २४, बुधबार ०१:३६