
हरि आचार्य, कपिलवस्तु २८
कपिलवस्तुको बाणगंगा नगरपालिका भित्रका सात वटा कराँते डोजोहरु बाट सम्मेलित ३ सय ५० जना कराँते खेलाडीहरुको ओरेन्ज बेल्ट देखि ब्राउन बेल्ट सम्म स्तर बृद्धि गरिएको छ । बाणगंगा नगरपालिका वडा नं. ४ मा रहेको कर्भड हलमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश कराँते प्रमुख मिन प्रसाद पोख्रेलले यस जिल्लामा भएका कराँते खेलाडीहरु राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा सहभागि हुदैँ यस जिल्लाको गौरव र ईज्जतलाई चिनाएको बताएका छन् ।
त्यस्तै उनले बाणगंगामा उत्पादित खेलाडीहरुले आगामि दिनहरुमा पनि यसरीनै जिल्ला मात्र नभएर राष्ट्रको नामलाई विश्व भरिनै चिनाउनका लागि नियमीत र अनुशासित खेल प्रदर्शन गर्न खेलाडीहरुलाई आग्रह गरे । प्रमुख पोख्रेलले आगामी बर्ष राष्ट्रिय स्तरको कराँते प्रतियोगिता कपिलवस्तुको बुद्ध रंगाशालामा सञ्चालन गरी यस क्षेत्रका धार्मिक तथा पुरातात्विक सम्पदाहरुको संरक्षण, प्रवद्र्धन तथा प्रचार प्रसार मार्फत जिल्लालाई खेलकुदको माध्यमबाट राष्ट्र सामु चिनाउने बताए ।
यसैबिच कार्यक्रमका विशिष्ठ अतिथि तथा निर्वतमान अध्यक्ष छवि रेश्मी मगरले हरेक खेलाडीको महत्वपुर्ण पाटो अनुशासन र लगनशिलता पुर्वक खेल देखाउनु पर्ने बताए । कराते महासंघ कपिलवस्तुका जिल्ला अध्यक्ष राम सुनारको अध्यक्षता रहेको कार्यक्रको संचालन कराँते प्रशिक्षक डम्बर सोमैले गरेका थिए । कार्यक्रममा मंसिर २९र ३० गते रैतहटको चन्द्रनिगाहपुरमा हुन लागेको उपराष्ट्रपति महिला राष्ट्रिय च्याम्पियनशिपमा कपिलवस्तु जिल्ला बाट सात जना महिला खेलाडीहरु सहभागी हुने जनाईएको छ ।

