स्पेनिस ला लिगामा रियल सोसिडाड शीर्ष स्थानमा

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ मंसिर २९, काठमाण्डौ
स्पेनिस ला लिगा फुटबलमा रियल सोसिडाड शीर्ष स्थानमा उक्लिएको छ ।

राति भएको खेलमा रियल सोसिडाड र इबरले एकरएक गोलको बराबरी खेल्दै अंक बाँडेपछि सोसिडाडले एथ्लेटिको मड्रिडलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो । सोसिडाडले पहिलो हाफमा अग्रता बनाएको थियो तर इबरले दोस्रो हाफमा गोल गर्दै खेलमा फर्कियो ।

सोसिडाड र एथ्लेटि​को मड्रिडको समान २६ अंक छ तर गोल अन्तरका आधारमा सोसिडाड शीर्ष स्थानमा छ ।


प्रकाशित : २०७७ मंसिर २९, सोमबार ०१:२३