
लुदअ काठमाण्डौ, पुष १
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरेका छन्।
बुधबार अपरान्ह बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकलाई सम्बोधन गर्दै नेकपा अध्यक्षसमेत रहेका ओलीले भावी प्रधानमन्त्रीका रुपमा उपाध्यक्ष गौतमलाई प्रस्ताव गरेका हुन्।
पार्टी सचिवालय गौतमले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई साथ दिएको अवस्थामा ओलीले आजको स्थायी कमिटीमा यस्तो प्रस्ताव गरेका एकजना स्थायी कमिटी सदस्यले जानकारी दिएका छन्।
ुस्थायी कमिटी बैठकको यो अघिल्लो लहरका पाँचजना छौं। हामीमध्ये चारजना प्रधानमन्त्री भइसकेका छौं। अब प्रधानमन्त्री हुन बाँकी वामदेवजी मात्रै होु, ओलीको भनाइ उद्धृत गर्दै ती स्थायी कमिटी सदस्यले भने, ुअब उहाँलाई प्रधानमन्त्री बनाऊँ, निर्वाचन ल्याउने कि अघि नै अन्तबाट ल्याउने छलफल गरौं।ु
उपाध्यक्ष गौतमका प्रेस सहयोगी विश्वमणि सुवेदीका अनुसार ओलीले आफ्नो सम्बोधनलाई बिट मार्ने क्रममा उक्त प्रस्ताव गरेका हुन्। अबको प्रधानमन्त्री कमरेड वामदेव हुन्। त्यसका लागि के के कानुनी व्यवस्था गर्नुपर्छ तयार रहनुहोलाु, ओलीको भनाइ उद्धृत गर्दै सुवेदीले भने, यसबारेमा आगामी बैठकमा छलफल गरेर निर्णयमा पुग्नुपर्छ। वामदेवजीलाई प्रधानमन्त्री बनाउन आवश्यक कानुनी तथा संवैधानिक व्यवस्थाबारे आगामी बैठकबाट टुङ्ग्याउने गरी अघि बढौँला।ु
अघिल्लो आमनिर्वाचनमा गौतम बर्दियामा पराजित भएका थिए। पार्टीमा अल्पमतमा रहेको अवस्थामा ओलीले गौतमलाई फेरि प्रधानमन्त्री बनाउने राजनीतिक कार्ड फ्याँकेका हुन्।
यसअघिको संकटमा गौतमले ६ बुँदे वक्तव्य निकाल्दै आफूलाई ओलीको पक्षमा उभ्याएका थिए। तर पछिल्लो समय उनी ओली विरोधी कित्तामा उभिएका छन्। यस्तो अवस्थामा ओलीले आफ्नो पक्षमा बहुमत पार्ने रणनीति अनुसार यो कार्ड फ्याँकेको हुन सक्ने निचोड दाहाल(नेपाल समूहले निकालेका छन्।

