लिभरपुल प्रिमियर लिगको शीर्ष स्थानमा

ByLumbini Darpan Online

२ पुष २०७७, बिहीबार ०२:३६ २ पुष २०७७, बिहीबार ०२:३६ २ पुष २०७७, बिहीबार ०२:३६

लुदअ पुस २, काठमाण्डौ
लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ ।

राति भएको खेलमा टोटेनहमलाई २–१ ले हराएर लिभरपुल शीर्षस्थानमा पुगेको हो । साविक विजेता लिभरपुलको जितमा मोहम्मद सलाह र रोबर्टो फिर्मिनोले गोल गरे । टोटेनहमका ह्युङ मिन सनले गोल गरे । लिभरपुलसँग हारेको टोटेनहमको ११औं खेलमा अपराजित यात्रा टुङिगएको छ ।

जितपछि शीर्षस्थानमा रहेको लिभरपुलको २८ अंक छ । हारपछि दोस्रो स्थानमा झरेको टोटेनहमको २५ अंक छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *