६० देखि ६४ वर्षका नागरिकलाई आजदेखि कोरोनाविरुद्धको खोप, रूपन्देहीका मात्रै १४ हजार बढी

ByLumbini Darpan Online

२५ जेष्ठ २०७८, मंगलवार १२:२४ २५ जेष्ठ २०७८, मंगलवार १२:२४ २५ जेष्ठ २०७८, मंगलवार १२:२४

२५ जेष्ठ बुटवल ।
सरकारले आजदेखि देशभर चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको खोप भेरोसेल लगाउन सुरु गरेको छ । काठमाण्डौमा ६० देखि ६४वर्ष र देशका अन्य क्षेत्रमा ६२ देखि ६४ वर्ष उमेर समूहकालाई खोप लगाउन सुरु गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखा, खोप शाखा प्रमुख डाक्टर झलक गौतमले जानकारी दिए । खोपको उपलब्धताका आधारमा काठमाण्डौ उपत्यकाबाहिर ६२ देखि ६४ वर्ष उमेरकालाई खोप दिन लागेको पनि डाक्टर गौतमले बताए । ६० देखि ६४ वर्ष उमेर समूहका नागरिक आठ लाख ५४ हजार रहेकाले खोपको दोस्रो मात्रा नपुग्ने देखिएको छ । रुपन्देहीमा ६२ देखी ६४ वर्ष उमेर समुहका १४ हजार २ सय ५५ जनालाई लक्षित गरी खोप लगाउन सुरु गरिएको छ । जिल्लाभरका ६९ वटा खोप केन्द्रबाट कोभिड विरुद्धको खोप लगाउन सुरु गरिएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । तिलोत्तमा नगरपालिकाका वडा नं. १ २ ३ ४का लागि शंकरनगर स्वास्थ्य चौकीमा , वडा नं. ६ का लागि आनन्दवन स्वास्थ्य चौकी ,वडा नं. ७, ८ र ९का लागि करहिया स्वास्थ्य चौकीमा , वडा नं.१० ११ १२का लागि सेमरा स्वास्थ्य चौकीमा, वडा नं. १३,१४ का लागि टिकुलीगढ स्वास्थ्य चौकीमा , वडा नं. १५ र १६ का लागि मधवलिया स्वास्थ्य चौकीमा , वडा नं. १७ का लागि गंगोलिया स्वास्थ्य चौकीमा र वडा नं ५ का लागि आधारभूत स्वास्थ्य केन्द्र मणिग्राममा खोप लगाउने व्यवस्था गरेको छ । नागरिकता, उमेर खुल्ने कागजात वा वडाको सिफारिस लिएर खोप लगाउन जानु पर्ने व्यवस्था गरेको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख राजेन्द्र गिरिले बताउनुभयो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *