लिटिल एञ्जेल्सको भर्चुअल विद्यार्थी भर्ना अभियानसँगै पठन पाठन सुरु

[sharethis-inline-buttons]

परासी, १ असार ः
लिटिल एञ्जेल्स हाइस्कुल परासीले विद्यार्थी भर्ना अभियानसंगै पठन पाठन सुरु गरेको छ । कक्षा सञ्चालनका लागि स्कुलले भर्चुअल माध्यमबाट मंगलबार अभिभावक र विद्यार्थीहरुको भेला गरेको थियो ।
नयाँ शैक्षिक सत्रका लागि सरकारले मंगलबारदेखि देशभर विद्यार्थी भर्ना अभियान सुरु गरेको छ । अभिभावकको सुझाव र सरकारको अभियान अन्तरगत भर्चुअल माध्यमबाट बुधबारबाट पठन पाठन सुरु गर्न लागिएको स्कुलका प्रिन्सिपल सुमन गोपाल आचार्यले बताए । जिल्लामा असार ७ गतेसम्मका लागि निषेधाज्ञा जारी छ । अहिलेको अवस्थामा भौतिक उपस्थितिमा पठन पाठन गर्न नसकिएकाले वैकल्पिक माध्यमका रुपमा रहेको अनलाइन कक्षाबाट पठन पाठन सुरु गरिएको आचार्यले बताए । गतवर्ष सुरु गरिएको अनलाइन कक्षाको प्रभावकारिताका आधारमा अहिले पनि त्यसलाई निरन्तरता दिइएको स्कुलले जनाएको छ । भर्चुअल कार्यक्रममा सहभागी भएका अभिभावकहरुले अझ पनि अनलाइन कक्षाको प्रभावकारिताकाबारे अभिभावकहरु अनविज्ञ रहेकाले त्यसबारे जानकारी दिन आवश्यक रहेको सुझाव दिएका थिए ।
अनलाइनमा विद्यार्थीहरुको रुची बढाउन असहज परिस्थितिमा मात्र होइन अन्य समयमा पनि कक्षा सञ्चालन गर्नुपर्नेमा अभिभावकहरुले जोड दिएका थिए ।
कार्यक्रममा प्रशिक्षक बिनोद कार्कीले अनलाइन कक्षाको प्रभावकारिता र यसका फाइदाका बारेमा अभिभावकहरुलाई जानकारी गराएका थिए


प्रकाशित : २०७८ असार १, मंगलवार १०:२२