असार ७,
युरोकप २०२० अन्तर्गत आज राति चारवटा खेल हुँदै छन् । राति ९ ः ४५ बजे बुखारेस्टमा युक्रेन र अस्ट्रिया भिड्दै छन् भने एम्स्टर्डममा उत्तरी मेसोडेनियाविरुद्ध नेदरल्यान्ड्सले खेल्दै छ । त्यस्तै राति १२ ः ४५ बजे सेन्ट पिटर्सबर्गमा फिनल्यान्डविरुद्ध बेल्जियम तथा कोपनहेगनमा रुसविरुद्ध डेनमार्कले प्रतिस्पर्धा गर्नेछन्।




















