राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

[sharethis-inline-buttons]

असार ८,
नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु भएको छ । कीर्तिपुर मैदानमा आजदेखि प्रशिक्षण सुरु भएको हो । प्रशिक्षण अगाडि गरिएको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि आजदेखि तयारी सुरु भएको हो । स्पेनमा हुने आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्यान्ड र नामिबियासँगको त्रिकोणात्मक एक दिवसीय श्रृङ्खलाका लागि नेपाली टोलीले मुख्य प्रशिक्षक डेभ वाटमोरको नेतृत्वमा तयारी सुरु गरेको छ । श्रृङ्खला आउँदो जुलाई अन्तिममा हुनेछ । नेपाल क्रिकेट सङ्घ क्यानले बन्द प्रशिक्षणका लागि २० खेलाडीलाई बोलाएकोमा पृथु बाँस्कोटा भने प्रशिक्षणमा सहभागी छैनन् ।


प्रकाशित : २०७८ असार ८, मंगलवार १३:४५