एमाले कार्यदलको बैठक आज दिउँसो पुनः बस्दै

ByLumbini Darpan Online

२२ असार २०७८, मंगलवार ०१:५८ २२ असार २०७८, मंगलवार ०१:५८ २२ असार २०७८, मंगलवार ०१:५८

काठमाडौँ असार २२,

 

नेकपा एमाले को विवाद समाधानका लागि गठित कार्यदलको बैठक आज पुनः बस्ने भएको छ। सिंहदरबारमा सोमबार साँझ सम्पन्न बैठक आज दिउँसो १ बजे पुनः बस्ने गरी टुंगिएको हो।

सोमबार साँझ सिंहदरबारमा बसेको बैठकमा अहिलेसम्मका घटनाक्रमको सामान्य समीक्षा भएको स्थायी कमिटी सदस्य भीम रावलले बताए ।

उहाँले पार्टीभित्रका समस्याका विषयमा मंगलबारदेखिको छलफलमा प्रवेश पाउने बताउनुभयो।

‘कार्यदलको बैठक नियमित अगाडि बढाउने निर्णय गर्यौं । आज कुनै विषयवस्तुमा प्रवेश गरेनौं । तर, हाम्रा आन्तरिक समस्या गम्भिर रुपमा विश्लेषण गरेर सम्भवतः आज बस्ने बैठकबाट छलफल अगाडि बढाउँछौं,’ नेता रावलले सोमबारको बैठकपछि बताए।

पार्टी अध्यक्ष केपी शर्मा ओली २०७५ जेठ ३ गते अगाडिको साङ्गठनिक स्थितिका आधारमा सञ्चालन गर्न तयार भएपछि सहमतिको वातावरण बन्ने स्थिति सिर्जना भएको हो ।एमाले केन्द्रीय कमिटीको १३औं बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा पार्टीका २३ निवर्तमान सांसदबाट गरिएको हस्ताक्षर फिर्ता गर्न आज सोमबार ५ बजेसम्म समय दिइएका सन्दर्भमा कार्यदल सक्रिय भएको थियो।नयाँ प्रधानमन्त्री चयन प्रक्रिया सफल हुन नसकेपछि गत जेठ ८ गते प्रतिनिधिसभा दोस्रो पटक विघटन भएपछि एमालेको कार्यदल निष्क्रिय भएको थियो ।

कार्यदलमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीको पक्षबाट नेता सुवास नेम्वाङ, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली, शंकर पोखरेल, विष्णुप्रसाद रिमाल तथा नेता माधवकुमार नेपाल पक्षबाट डा। भीम रावल, घनश्याम भुसाल, सुरेन्द्रप्रसाद पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त रहेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *