श्रोत नखुलेको करिब ३२ लाखसहित रुपन्देहीबाट २ जना पक्राउ

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

बुटवल । असार २३
श्रोत नखुलेको करिब ३२ लाखसहित रुपन्देहीको सिद्धार्थनगर नगरपालिका बाट २ जना पक्राउ परेका छन् । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका १ का २१ वर्षीय बिनय कलवार र भारत उत्तर प्रदेश नौतनवाका ३५ वर्षीय सुरज गौण लाई प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए ।

उनीहरुलाई सिद्धार्थनगर नगरपालिका–१ वाईपास स्थित ईलाका प्रहरी कार्यालय बेलहिया रुपन्देहीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो । बिनय कलवारले चलाएको लु २१ प २२१२ नम्बरको स्कुटी रोकी खानतलासी गर्ने क्रममा उनले बोकेको कालो रङगको झोलाबाट श्रोत नखुलेको ३१ लाख ९० हजार बरामद भएको प्रहरीले बताएको छ ।

स्कुटी सहित दुबै जनालाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय बुटवल पठाईएको प्रहरीले जनाएको छ ।


प्रकाशित : २०७८ असार २३, बुधबार ०७:५५