आज २ हजार ८३८ जनामा संक्रमण पुष्टि,१ हजार ४१५ जना कोरोना संक्रमणमुक्त

ByLumbini Darpan Online

६ श्रावण २०७८, बुधबार ११:२९ ६ श्रावण २०७८, बुधबार ११:२९ ६ श्रावण २०७८, बुधबार ११:२९

काठमाडौं साउन ६

पछिल्लो २४ घण्टामा देशभर १२ हजार ६१६ जनाको नमुना परीक्षण गर्दा २ हजा र ८३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा १ हजार ४१५ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ३० जनाको मृत्यु भएको छ ।
हाल देशका १२ जिल्लामा ५०० बढी सक्रिय संक्रमित रहेका छन् ।

हाल देशभर संक्रमणबाट ९ हजार ६३७ जनाको मृत्यु भइसकेको छ भने कुल संक्रमितमध्ये ६ लाख ३६ हजार ४०२ जना निको भएका छन् । हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या ७ लाख २४ हजार ४५५ जना पुगेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *