दाङबाट करिब १० किलो चरेससहित दुई जना पक्राउ

ByLumbini Darpan Online

७ श्रावण २०७८, बिहीबार १०:१८ ७ श्रावण २०७८, बिहीबार १०:१८ ७ श्रावण २०७८, बिहीबार १०:१८

 

साउन ७
दाङमा ९ किलोभन्दा बढी चरेससहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।बागलुङ निसिखोला गाउँपालिका वडा नम्बर १ निवासी २१ वर्षीय सुदिप सिजाली मगर र बागलुङ बरिगाड गाउँपालिका वडा नम्बर २ निवासी ३० वर्षीय रेमबहादुर भुजेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्दप्रसाद रिजालले बताए ।

९ किलो ९३० ग्रामको लागुऔषध चरेस बरामद गरिएको हो। प्रहरीले लागू औषध नियन्त्रण ऐन २०३३ अन्तर्गत मुद्दा दर्ता गरेर कारबाही प्रक्रिया अघि बढाएको छ।कानुनमा २ किलोग्रामदेखि १० किलोग्रामसम्म परिणाम भएमा ३ वर्षसम्म कैद, पाँच हजारदेखि २५ हजारसम्म जरिवाना हुने उल्लेख छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *