नगरकै सर्वोत्कृष्ट सैनामैना नमुना माध्यमिक विद्यालयले बिज्ञान विषय सञ्चालन गर्ने

ByLumbini Darpan Online

१४ श्रावण २०७८, बिहीबार ०४:२३ १४ श्रावण २०७८, बिहीबार ०४:२३ १४ श्रावण २०७८, बिहीबार ०४:२३

हरि आचार्य, रुपन्देही
रुपन्देहीको सैनामैना नगरपालिकामा रहेको नगरपालिकाकै सर्वोत्कृष्ट विद्यालय सैनामैना नमुना माध्यमिक विद्यालयले बिज्ञान विषय सञ्चालन गर्ने भएको छ । विद्यार्थी र अभिभावकको मागलाई मध्यनजर गर्दै शैक्षिक बर्ष २०७८ सालदेखि कक्षा ११ मा विज्ञान बिषयको अध्ययन अध्यापन गराउने विद्यालयले जनाएको छ । सोहि विषय अन्तर्गत फिजिक्स, केमेस्ट्रि, बायोलोजी, कम्प्युटर साईन्स वा म्याथ सञ्चालन हुने छन् ।

उक्त विद्यालयले प्लस टु मा म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, कम्प्टुर साईन्स तथा फाईनान्स लगायत विभिन्न बिषयमा गुणस्तरिय शैक्षिक क्रियाकलाप सञ्चालन भईरहेका छन् । त्यस्तै शिक्षा शंकाय तर्फ मेजर म्याथ, अंग्रेजी, स्वास्थ्य, नेपाली, जनसंख्या तथा वातावरण लगायत विषयमा अध्यापन भईरहेको विद्यालयले जनाएको छ ।

विद्यार्थी र अभिभावकको आवश्यकता र माग अनुसार अगाडि बढेको सैनामैना नुमना माध्यमिक विद्यालय नेपाल सरकारको नमुना विद्यालय विकासमा सुचित विद्यालय रहेका विद्यालयका प्रधानाध्यापक नेत्रलाल पुरीले बताए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *