सिद्धार्थ एकेडेमीद्धारा अतिरिक्त कृर्याकलापमा जोड

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदस,

सिद्धार्थ वुद्ध प्रोफेसनल एकेडेमी जितपुरले विद्यार्थीहरुका लागि अतिरिक्त कृर्याकलापमा जोड दिएको छ ।

एकेडेमीमा अध्ययनरत विद्यार्थीहरुका लागि पछिल्लो समय शैक्षिक भ्रमणलाई निरन्तरता दिएको हो ।

कितावी ज्ञान सङसङै अबलोकनबाट प्राप्त ज्ञान का साथै दिगो विकासका लागि अतिरिक्त कृयाकलाप अन्र्तरगत भ्रमणलाई निरन्तरता दिएको प्रा.लिका प्रबन्ध निर्देशक शुशिल क्षेत्रीले बताए ।

पर्यटकीय स्थल पाल्पाको नुवाकोट सुन्दर र ऐतिहासिक धरोहर र आसपासका पर्यटकिय क्षेत्रमा भ्रमण लगिएको शैक्षिक निर्देशक जिवराज भट्टराईले बताए । भ्रमणमा बृज कोर्स अध्ययन गर्ने विद्यार्थीहरु, मन्टेश्वरी शिक्षक तालीमका सहभागी विद्यार्थीहरु, कम्प्युटर कक्षाका विद्यार्थी, जापानीज भाषा, अङ्ग्रेजी भाषा, ब्युटी पार पढ्ने बिद्यार्थी लगायत १ सय ५० जनालाई भ्रमणमा लगिएको संस्थाले जनाएको छ ।

 

भ्रमणले आन्तरिक पर्यटन प्रबद्र्धन तथा विद्यार्थीहरुलाइ ऐतिहासिक किल्ला जितगढी तथा पाल्पाका मठ मन्दिर र पर्यटकिय स्थलहरुको अध्ययन गर्न सघाउ पुग्ने र अतिरिक्त ज्ञान आर्जन हुने बिश्वास गरिएको छ । यस्तै त्यहाँका स्थानीय बासिन्दा संग ऐतिहासिक मनन्योग्य कुराहरुको बारेमा बुझ्ने र रिपोर्ट तयार गर्ने कार्य समेत गरिएको छ ।

भ्रमणलाई अझ ऐतिहासिक बनाउन भिडियो डकुमेन्ट्री लगायतका उदाहरणिय कार्य समेत गरिएको शिक्षक गोपाल भट्टराईले जानकारी दिए ।

पढ्ने इच्छा भएका तर आर्थिक अवस्था अत्यन्तै कमजोर भएका विद्यार्थीहरुलाइ नि.शुल्क रूपमा पढाउने समेत व्यवस्था रहेकोले इच्छुक विद्यार्थीहरुलाइ सम्पर्क गर्न समेत प्रा.लि. का अध्यक्ष सुर्य प्रसाद बरालले बताए ।


प्रकाशित : २०७८ भाद्र ११, शुक्रबार ०६:४६