अव भौतिकरुपमै विद्यालय खुल्छ ः मेयर थारु

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदस/
कपिलवस्तुको बाणगंगा नगरपालिकाका नगरप्रमुख मंगल प्रसाद थारुले विद्यालयहरु अव भौतिक रुपमै खोल्नुको विकल्प नहुने बताएका छन् ।
बाणगंगा वडा नम्बर ११ मा रहेको स्काईलार्क बोर्डिङ स्कुलले राखेको तिनदिने मन्टेश्वरी शिक्षक तालिम तथा वर्कसपको उद्घाटन गर्दै नगर प्रमुख थारुले लामो समय बालबालिका विद्यालय जान नपाएकोमा अभिभावक र विद्यालय शिक्षक तथा शिक्षा सरोकारवालाहरु विद्यालयहरुलाई विद्यालयमा भौतिक रुपमै उपस्थिति गराएर पठन पाठन् गर्न ठिला गर्न नहुने भन्दै दवाव बढाएको बताए । उनले अव पनी शिक्षालाई यसैगरि बन्द गरेर राख्ने हो भने समाज समेत पटी पर्ने भन्दे शिक्षा देश विकास को मुख्य मेरुदण्ड भएको हुदाँ यथासिग्र भौतिक उपस्थितिमै पठनपाठन गराउने बताए

डिसिसिएमसीको निर्देशन अनुसार नगरका शिक्षकले समुदायमा गई कोरोनाको अवस्था पहिचान गरिसकेको र विद्यालय खोल्दा ठिक हुने रिपोर्ट ल्याइसकेको हुँदा अब चाँडै विद्यालय खोलिने खोल्न ठिला नगर्ने थारुको भनाई छ ।

विद्यालयहरुमा पुणर्तया सुरक्षाका मापदण्ड अपनाएर अव भौतिक उपस्थितिको लागि विद्यालयहरुलाई तयर रहन समेत आग्रह गरे ।
कार्यक्रममा वडा नम्बर ११ का अवडाध्यक्ष सोमनाथ अर्यालले पनि विद्यालय खोल्न चौतर्फी दबाब आएको बताउदे पूणर् रुपमा स्वास्थ्य मापदण्ड अपनाएर सिकाई केन्द्रको रुपमा विद्यालय संचालन गर्न सकिने बताए । उनले तिन दिने वर्कसपबाट धेरै कुरा सिकेर विद्यार्थीमाझ नयाँ ढंगले प्रस्तुत हुन शिक्षकशिक्षकालाई आग्रहसमेत गरे ।

विद्यालयका सल्लाहाकार तथा पूर्व अध्यक्ष रवि बहादुर काफ्लेले पनि धेरै विद्यार्थी स्कुल जान चाहेको बताए । उनले नगरले पनि विद्यालय खोल्न वातावरण बनाइरहेको सन्दर्भमा स्कुलले निकै सिर्जनात्मक कार्य गरेको भन्दै विधालयको नेतृत्व सफल रहेको धारणा व्यक्त गरे ।

विद्यालयका प्राचार्य तोलाकान्त डुम्रेले अब विद्यालय खुल्न लागेको अवस्था भएको हुँदा शिक्षकको पुर्नताजकीको लागि तालिम आयोजना गरिएको बताउदै खाँसगरि मन्टेश्वरीमा अध्यापन गर्ने शिक्षक शिक्षकाहरुलाई कोरोनापछिको शिक्षण र मन्टेश्वरी विधि बारे जानकारी गराउन यस्तो तालिम आयोजना गरिएको बताए ।

। तालिममा गजेहडाको बालज्योति मावि र स्काइलार्कका करिब ५० जना मन्टेश्वरी शिक्षकशिक्षिकाको सहभागिता छ । तिनदिनसम्म बुटवलकी प्रशिक्षक साधना भण्डारीले मन्टेश्वरी शिक्षण विधि, कोरोनापछि बालबालिकासंग हुने घुलमिलको तरिका, सिकाईमा शैक्षिक सामाग्रीको प्रयोग र बालमैत्री मनावैज्ञानिक शिक्षणविधिको रुपमा ज्ञान दिने बताईएको छ ।


प्रकाशित : २०७८ भाद्र १७, बिहीबार ११:३२