लुदस,
ईलाका प्रहरी कार्यालय कृष्णणगर र बि.ओ.पि.कृष्णनगरको संयुक्त टोलीले कपिलवस्तु कृष्णनगरबाट ठुलो परिमाणमा हरियो मटर संगै ६ वटा भारतिय ट्रक नियन्त्रणमा लिउको छ । कृष्णनगरको दृष्टान्त पेट्रोलपम्प नजिक पुगेको अवस्थामा कृष्णनगर चन्द्रौटा सडक खण्डको पुर्व किनारामा स्टार्ड गरी राखेको UP 35 T 2453, UP53 T3658, UP 71 T 1184, UP 55 T 1254, / UP 55T 0966 नं.को ट्रक

र कृष्णणगर नगरपालिका वडा नं.०२ गल्लामण्डी को बाटोको साईडमा स्टार्ड गरी राखेको अवस्थामा ग्एUP 78 AT 8825 नं. ट्रकमा समेत चेकजाँच गर्दा नेपालबाट भारत तर्फ निकासी गरी लैजादै गरेको ९ सय बोरा हरियो मटर (केराउ) नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी आन्तरीक राजश्व कार्यालय बुटवल पठाईएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

लामो समयदेखि नेपालबाट अनुदानको केराउ भारततर्फ चोरी रूतस्करी हुदै आएको थियो ।




















