आइपिएलमा पन्जाबले हैदराबादलाइ ५ रनले हरायो

[sharethis-inline-buttons]

एजेन्सी ,असोज १०

इन्डियन प्रिमियर लिग ९आईपीएल० अन्तर्गत गएराति सम्पन्न खेलमा पन्जाब किंग्सले सनराइजर्स हैदराबादलाई ५ रनले पराजित गरेको छ। जितका लागि १ सय २६ रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २० रनमै समेटेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ७ विकेट गुमाएर १ सय २५ रन बनाएको थियो। पन्जाबका लागि एडिन मार्क्रमले २७, केएल राहुलले २१ रन बनाए। हरप्रित १८ रन मा अबिजित रहे। बलिङतर्फ हैदरावादका जासन होल्डरले ३ विकेट लिएका थिए।

हैदरवादका जासन होल्डर ४७ रनमा अबिजित रहे । रिद्दिमान शाहले ३१ रन, मनिस पाण्डेले १३ र केदार जादबले १२ रन बनाए।बलिङतर्फ पन्जाबका रबि बिश्नोईले ३ विकेट लिए र मोहमद शामीले २ विकेट लिए ।

यस जितसँगै ९ खेलबाट १० अंक जोडेको पन्जाब तेस्रो स्थानमा उक्लिएको छ। समान ९ खेलबाट २ अंक जोडेको हैदरावाद जारी आइपिएलमा तालिकाको अन्तिममा रहेको छ।


प्रकाशित : २०७८ आश्विन १०, आईतवार १२:३८