
पूर्वी नवलपरासीको कावासोतीमा १ लाख ५२ हजार ६ सय २० रुपैयाँ नगद र ३ बुक तास सहित नवलपुर प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको छ ।
गएराति कावासोती १३ बुढौली कुना बस्ने माया गुरुङको घर तास खेलीरहेका ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।पक्राउ पर्नेमा कावासोती ८ निवासी ३६ बर्षीय मनोज गुरुङ, कावासोती १३ निवासी ४३ बर्षीय धनबहादुर गुरुङ र कावासोती ५ निवासी ३० बर्षीय राजकुमार सिंजाली रहेका छन् । घटना स्थलबाट केही मानिस फरार भएको बताइएको छ ।
पक्राउ परेकालाई कारवाहीका लागि मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम कसुर अन्तर्गत अनुसन्धान कार्य अघि बढाईएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रकाश मल्लले बताए ।
प्रहरीले दशै शुरु भए लगतै जुवा नियन्त्रणका लागि कडाई गरेको छ भने माइकिङ्ग समेत बढाएको छ ।