
कार्तिक ९
आईसीसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटमा अफगानिस्तानले विजयी शुरुवात गरेको छ ।विश्वकप अन्तर्गत समूह दुईको सुपर–टुवेल्भमा अफगानिस्तानले स्कटल्याण्डलाई १ सय ३० रनको विशाल अन्तरले पराजित गरेको हो
जितपछि २ अंक जोडेको अफगानिस्तान पाकिस्तानलाई पछि पार्दै यस समूहको शीर्ष स्थानमा पुगेको छ । प्रतियोगितामा आज दक्षिण अफ्रिका र वेष्ट इण्डिज तथा पाकिस्तान र न्यूजिल्याण्डले प्रतिस्पर्धा गर्दैछन् ।