
संगिता भुसाल ।
कपिलवस्तु नगरपालिका वडा नं ६ बर्मेलीटोल बस्ने अन्दाजी ३५ बर्षिय तुल्सी परियार यही कात्तिक ६ गते शनिवार दिउँसो २ बजे देखी हराएकी छन् । बाणगंगा नगरपालिका वडा नं ६ गैरीगाउँ माइतीघर भएकी परियार शनिवार एक्कासी हराएपछी परिवारजनमा चिन्ता छाएको छ ।
अन्दाजी ५ फिट उचाई र गहुँगोरो बर्ण हुलिया रहेको परियारलाई खोजिदिन परिवारले सबैसँग आग्रह गरेको छ । निजलाई कतै भेटाएमा श्रीमान् सन्तबहादुर दमाई ९८१२९६३२४३ वा नजिकको प्रहरी कार्यालयमा जानकारी गराई सहयोग गर्न परिवारले अनुरोध गरेको छ ।