
लुदस ,
कपिलवस्तुको बाणगंगा ६ मा जारी खुल्ला नकआउट फुटवल अन्र्तरगत आज १ खेल हुने भएको छ । आज हुने खेल बैरिया युवा क्लव र चप्परगाउँ विच हुने आयोजक युवा संजालका संरक्षक कृष्ण गैरेले बताए ।
आज हुने खेल दिउसो २ बजेबाट शूरु हुने र निकै प्रतिस्पर्धामक हुने जनाईएको छ ।
हिजो २ खेल संम्पन्न भएका थिए । जस अन्र्तरगत पहिलो खेल कुस्मा र मनहरापुर विच भएको थियो । जसमा मनहरापुरले कुस्मालाई २। १ ले पराजित गरेको थियो । त्यस्तै दोस्रो ओदारी र पडेरिया विचको खेलमा ओदारी विजयी भएको थियो ।
प्रतियोगिता अन्र्तरगतका अन्य खेल भने तिहार पछि हुने आयोजकले जनाएको छ ।