
कात्तिक २५
टी २० विश्वकपको फाइनल प्रवेशका लागि आज पाकिस्तान र अस्ट्रेलिया बिच खेल हुन लागेका छन्।
यूएईको दुबईमा राति ७ः४५ बजे पाकिस्तान र अस्ट्रेलियाबीच सेमिफाइनल हुनेछ। बुधबार भएको पहिलो सेमिफाइनलमा इग्ल्यान्डलाई पराजित गर्दै न्यूजिल्यान्ड फाइनलमा प्रवेश गरिसकेको छ।
अहिलेसम्मका खेलअनुसार, पाकिस्तान अगाडि देखिएको छ। सुपर(१२ का पाँचै खेल जित्दै पाकिस्तान सेमिफाइनलमा पुगेको हो।अस्ट्रेलिया भने सुपर(१२ का पाँच खेलमध्ये चार जित र एक हार ब्यहोर्दै सेमिफाइनलमा पुगेको हो।
पाकिस्तानका सबै खेलाडी फर्ममा देखिएका छन्। पाँच खेलमा पाँच जना खेलाडी नै प्लेयर अफ द म्याच भएका छन ।आज जित्ने टोली टी(२० विश्वकपको उपाधिका लागि २८ कात्तिकमा न्यूजिल्यान्डसँग भिड्नेछ।