लुम्बिनी दर्पण सम्वाददाता
बाणगंगा ६ मा आयोजित खुल्ला नकआउट फुटबल कप २०७८ को उपाधी बुद्धशान्ति युवा क्लव ओदारी हात पारेको छ ।
बाणगंगा युवा संजालद्धारा आयोजित निकै प्रतिस्पर्धा रहेको उक्त फुटबल प्रतियोगितामा देउराली युवा क्लव बनकसियालाई ३१ ले पराजित गर्दै बुद्धशान्तिले उपाधि हात पारेको संजालका अध्यक्ष अशोक परियारले जानकारी दिएका छन् ।
विजेता रहेको बुद्धशान्तिले खेलको प्रथम पुरस्कार ६० हजार शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ भने उपविजेता रहेको देउराली युवा क्लवले ४० हजार शिल्ड मेडल र प्रमाणपत्रमा चित्त बझाउन बाध्य भएको हो । दर्जनबढी टिमको प्रतिस्पर्धा रहेको खेलमा उपविजेता बनेको छ ।

समापन सत्रमा मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि बागेश्वरी सामुदायिक वनका अध्यक्ष कल्लु थारु, विशिष्ट अतिथि वडा नं ६ का अध्यक्ष सुकदेव थारु, स्थानिय समाजसेवी राम प्रसाद बेल्वासे माउन्ट एभरेष्ट वचत तथा ऋण सहकारीका अध्यक्ष युवराज पोख्रेल, राम प्रसाद न्यौपाने लगाएतले खेल र खेलाडीहरुले राष्ट्रको नाम उचो बनाउने र अनुशाशन कायम हुने हुंदा यस्ता खेलहरुलाई आगामी दिनमा पनी निन्तरता दिनुपर्ने बताए ।
खेलका संरक्षक कृष्ण गैरेले खेलाडी दर्शक अतिथि तथा सहयोगिहरुलाई धन्यबाद ज्ञापन गरेका थिए । विभिन्न टोल विकास संस्था , संघ संस्था लगाएतका आतिथ्यता रहेको कार्यक्रमको संजालका अध्यक्ष अशोक परियारको अध्यक्षता र मोहन बेल्वासेको संचालनमा संम्पन्न भएको थियो ।




















