
काठमाडौं कार्तिक ३०
नेपालविरुद्ध कतारले टस जितेर फिल्डिङ गरेको छ । टस हारेसँगै नेपाली टोलीले पहिले ब्याटिङ गरेको छ । २२ देखि २८ नोभेम्बरसम्म हुने आईसीसी महिला टी(२० विश्वकपअन्तर्गत एसियाली छनोट तयारीमा रहेको नेपाली महिला टोलीले कतारसँग तीन टी(२० शृंखला खेल्न लागेको हो ।
आईसिसीको छनोट दुबईमा हुनेछ ।छनोटका लागि नेपालले रुबिना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय टिम घोषणा गरेको थियो । नेपाली टिम कतारबाट १९ नोभेम्बरमा दुबई प्रस्थान गर्नेछ ।
सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने टी(२० विश्वकपको लागि नेपालसहित ६ मुलुकले ग्लोबल छनोटका लागि यूएईमा एसिया छनोट खेल्न लागेका हुन् । छनोटमा नेपाल, भुटान, हङकङ, कुवेत, मलेसिया र यूएई गरी ६ देश सहभागी छन् ।
नेपालले पहिलो खेल ६ मंसिरमा हङकङसँग खेल्नेछ । ७ मंसिरमा भुटानसँग प्रतिस्पर्धा गर्ने नेपालले ९ मंसिरमा कुवेत, १० मंसिरमा मलेसिया र १२ मंसिरमा यूएईसँग प्रतिस्पर्धा गर्नेछ ।
खेलमा नेपालबाटरुबिना क्षेत्री बेलबासे ९कप्तान०, सीता रानामगर, डली भट्ट, करुणा भण्डारी, इन्दु बर्मा, सरिता मगर, ज्याति पाण्डे, सरस्वती चौधरी, काजल श्रेष्ठ, सबनम राई, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी र संगीता राई रहेका छन ।